Monday, August 31, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

इटहरीको यातायात कार्यालयमा सेवाग्राहीबाट एक हजार लिएर पाँच सयको रसिद !

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख २२, २०८१
in टाकुरा विशेष, समाचार
0
इटहरीको यातायात कार्यालयमा सेवाग्राहीबाट एक हजार लिएर पाँच सयको रसिद !

तस्बिरमा यातायात व्यवस्था कार्यालय ।

188
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीको यातायात व्यवस्था कार्यालयमा चरम लापरबाही भएको पाइएको छ । एक हजार रुपैयाँ लिएर पाँच सयको रसिद दिने गरेको रहस्य बाहिरिएको हो ।

यातायात व्यवस्था विभाग सवारी चालक अनुमतिपत्र (लाइसेन्स) कोशी प्रदेश, इटहरीले एक हजार रुपैयाँ लिदैँ पाँच सयको मात्रै रसिद दिने गरको पाइएको छ ।

भोजपुरको आमचोकका गौतम खत्रीले सवारी चालक अनुमतिपत्रका लागि शुक्रबार राजस्व बुझाउन यातायात कार्यालय गएको र नेपाल इन्भेष्टमेण्ट मेगा बैँकको काउन्टरमा एक हजार रुपैयाँ तिरेपनि यातायात कार्यालयले भने पाँच सयको मात्रै रसिद दिएको बताए ।

उनले यातायात कार्यालयबाटै आफू ठगिनुपरेको र अनाहकमा यहाँका कर्मचारीहरूले दुःख दिने गरेको समेत बताए ।

‘त्यहाँभित्रका एक कर्मचारीलाई कति तिर्नुपर्छ भनेर सोध्दा ‘एफ’ क्याटेगोरीको रहेछ एक हजार तिर्नु भनेपछि बैँकको काउन्टरमा लाइन बसेर एक हजार रुपैयाँ तिरेँ,’ उनले भने, ‘त्यहाँ तिरेको एक हजारको रसिद यातायातको लेखा शाखामा पुगेपछि भित्रबाट ग्राहकप्रति भनेर पाँच सय रुपैयाँको मात्रै रसिद प्राप्त भयो ।’

रसिद चाँडै आयो भनेर आफू त्यहाँबाट निस्किएपनि तत्कालै रसिद हेर्दा पाँच सयको मात्रै रसिद आएपछि आफू आश्चर्यचकित भएको उनको भनाइ छ ।

पाँच सयको मात्रै रसिद आएपछि आफूलाई यातायातका कर्मचारीले बैँकमा पठाएको र बैँकले भने ‘जसले एक हजार तिर्नु भनेको थियो, उसैलाई भेट्नु’ भनेर फिर्ता पठाएको उनले बताए ।

‘त्यहाँबाट लेखा शाखामा पठाएपछि त्यहाँ आफूले घटनाक्रम सुनाएको तर लेखाले पैसा फिर्ता नहुने र आफूले तिरेको शुल्क बराबरको बिल पनि नआउने बताइयो,’ उनले ती कर्मचारीको भनाई उदृत गर्दै भने, ‘एकपटक इन्ट्री भइसकेको पैसा कोलोनिकामा जान्छ । त्यहाँबाट निकाल्न हामीले मिल्दैन । तपाईँले आधिकारिक रूपमा प्रोसेस गर्नुहुन्छ भने अर्थमन्त्रालय काठमाडौँ जानुपर्छ ।’

उनले कर्मचारीबाटै गल्ती भएको भएपनि ‘रिफन्ड’ गर्ने व्यवस्था हुनुपर्ने बताए ।

‘जो व्यक्तिले एक हजार रुपैयाँ तिर्नुपर्ने भनेर भने उसैले सरकारलाई चन्दा भयो भनेर पन्छिए,’ खत्रीको गुनासो थियो । खासगरी यातायात कार्यालय इटहरीमा बिचौलिया हाबी हुँदा सेवाग्राहीले प्रत्यक्ष सुविधा लिनबाट बञ्चित हुँदै आएका छन् ।

खत्री एक प्रतिनिधि पात्र मात्र हुन् । यस कार्यालयबाट दैनिक दर्जनौँ यात्रुहरू ठगिने, सहजै सेवा लिनबाट बञ्चित हुने र बिचौलियाको ‘कब्जा’मा पर्नेगरेको सेवाग्राहीहरूले गुनासो गर्दै आएका छन् ।

इटहरी ४ का हिमाल निरौलाले यातायात व्यवस्था कार्यालयले सेवाग्राहीलाई विभिन्न बहानामा दुःख दिने, बिचौलियाको माध्यमबाट मात्रै काम गर्ने गरेको बताए ।

‘सेवा इटहरीबाट दिने अनि केही समस्या पर्दा काठमाडौँ जानुपर्छ भनेर पन्छिने घटनाले पनि यहाँको वास्तविक चित्र उदांगो हुन्छ,’ उनले टाकुरा न्यूजसँग भने, ‘कर्मचारीकै लापरबाहीले भएको त्रुटिबाट पाँच सय रुपैयाँ ठगीमा पर्दा उठाउनका लागि काठमाडौँ जाने र पचास हजार खर्च हुन्छ भन्दै गैरजिम्मेवारीपूर्ण जवाफ दिने गरेका छन् ।’

उनले यहाँका कर्मचारीबाट हुने गैरजिम्मेवारीपूर्ण जवाफ र तौरतरिकाका कारण आफूहरू आजित हुने गरेको दुखेसो गरे । निरौलाले थपे, ‘उत्तरदायित्व बहन गर्ने कर्मचारीको हेलचेक्र्याईँका कारण दैनिक धेरैजसो सेवाग्राहीहरू मारमा पर्ने गरेका छन् । यसबारे नियामक निकाय मूकदर्शक बनेको छ ।’

यता निमित्त कार्यालय प्रमुख टंक प्रसाईँले पाँच सय नै रसिद तिर्नुपर्ने बताए । ‘त्यस शीर्षकमा तिर्नुपर्ने पनि पाँच सय नै हो । रसिद पनि पाँच सय नै आउँछ,’ उनले भने, ‘रसिद तिर्नुअघि कम्फर्म गर्नुपथ्र्यो । कोही व्यक्तिको खातामा भए फिर्ता हुनसक्थ्यो । बैँकमा राजस्व तिरेपछि फिर्ता हुन गाह्रो हुन्छ ।’

उनले आफू बिदामा रहेका कारण यसबारे आइतबार थप बुझ्ने बताए । उनले भने, ‘बैँकले तत्कालै केही समाधान गर्न सक्ने अप्सन हुन्थ्यो कि ! तर, कम्प्युटरबाट इन्टर भइसकेपछि राजस्वमा जम्मा हुन्छ । त्यही पनि यसबारे म बुझ्नेछु ।’

Tags: #यातायात व्यवस्था विभागखबरदारीटाकुरा विशेष
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

पहिरोले सिद्धिचरण लोकमार्गमा सास्ती
FEATURE BREAKING

पहिरोले सिद्धिचरण लोकमार्गमा सास्ती

by टाकुरा न्यूज । इटहरी
भदौ १५, २०८३
0

ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका वडा नं ६ र ७ को सिमानामा पर्ने भँडारे खोलामा झरेको पहिरो । बर्खायाममा निरन्तर पहिरो खसेर...

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक
समाचार

आइसक्रिमको बट्टाभित्र लुकाएर ब्राउनसुगर ओसारपसार

by टाकुरा न्यूज । इटहरी
भदौ १५, २०८३
0

झापा : झापा र मोरङबाट प्रहरीले ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ। झापाको कनकाई नगरपालिका–४ स्थित इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट...

बाढीपीडितलाई जनता माविको एक लाख ४० हजार सहयोग, देशभरका सामुदायिक विद्यालयलाई अपिल

बाढीपीडितलाई जनता माविको एक लाख ४० हजार सहयोग, देशभरका सामुदायिक विद्यालयलाई अपिल

भदौ १५, २०८३
मिक्लाजुङमा झाडीभित्र लुकाइएका तीन थान भरुवा बन्दुक बरामद

मिक्लाजुङमा झाडीभित्र लुकाइएका तीन थान भरुवा बन्दुक बरामद

भदौ १५, २०८३
चीनसम्म पुग्छ भोजपुरको रुद्राक्ष, किसानको आम्दानीको बलियो आधार बन्दै

चीनसम्म पुग्छ भोजपुरको रुद्राक्ष, किसानको आम्दानीको बलियो आधार बन्दै

भदौ १५, २०८३
एकै दिनमा किन पछाडि हट्यो सुनसरी प्रशासन ? भोलिबाट औषधी पसल बाहेक अरु पसल खोल्न नपाईने

सुनसरी प्रशासनद्वारा राहतका नाममा जथाभावी रकम नउठाउन आग्रह

भदौ १४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

पहिरोले सिद्धिचरण लोकमार्गमा सास्ती

पहिरोले सिद्धिचरण लोकमार्गमा सास्ती

भदौ १५, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

आइसक्रिमको बट्टाभित्र लुकाएर ब्राउनसुगर ओसारपसार

भदौ १५, २०८३
बाढीपीडितलाई जनता माविको एक लाख ४० हजार सहयोग, देशभरका सामुदायिक विद्यालयलाई अपिल

बाढीपीडितलाई जनता माविको एक लाख ४० हजार सहयोग, देशभरका सामुदायिक विद्यालयलाई अपिल

भदौ १५, २०८३
मिक्लाजुङमा झाडीभित्र लुकाइएका तीन थान भरुवा बन्दुक बरामद

मिक्लाजुङमा झाडीभित्र लुकाइएका तीन थान भरुवा बन्दुक बरामद

भदौ १५, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    447 shares
    Share 179 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    307 shares
    Share 123 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    291 shares
    Share 116 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    281 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.