Wednesday, April 29, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

जब रामसरीले सुनिन् ‘बूढीखोलाले माछा मार्न गएका चारैजनालाई एकैपटक लग्यो…’

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार ११, २०८१
in टाकुरा विशेष, भिडियाे स्टाेरी, समाचार
0
जब रामसरीले सुनिन् ‘बूढीखोलाले माछा मार्न गएका चारैजनालाई एकैपटक लग्यो…’

पीडित परिवारको घरमा शान्तवना दिन भेला भएका स्थानीय तथा आफन्तजन ।

872
SHARES
Share on FacebookShare on Twitter

इटहरी : वरिपरी स्थानीयबासीको भीड लागिरहेको छ । टिनको छाप्रोमा रुवाबासी चलिरहेको छ । स्थानीयबासी पीडित परिवारलाई शान्तवना दिइरहेका छन् । तर, शान्तवनाले रामसरी चौधरीको मन झनै दुखिरहेको छ ।

मोरङको सुन्दरहरैँचा नगरपालिका ५ खोक्सीस्थित चौधरी परिवारमा मंगलबार बज्रपात प¥यो ।

बिहान करिब ९ बजेतिर पानी पर्नुअघि रामसरीकी जेठी बुहारी ३० वर्षीया फूला, माइली बुहारी २३ वर्षीय स्वस्तिका, कान्छी बुहारी २३ वर्षीया प्रेमकला र देउरानी ६० वर्षीया असरादेवी चौधरी स्थानीय बूढीखोलामा माछा मार्न र दाउरा टिप्न घरबाट गए ।

उनीहरू घरबाट बूढीखोलामा गएको केही समयमै गाउँमा हो–हल्ला मच्चियो ।

‘बूढीखोलाले मान्छे बगायो,’ ‘बूढीखोलाले माछा मार्न गएका चारैजनालाई एकैपटक लग्यो,’ रामसरीले सुन्नेबित्तिकै भक्कानिइन् र विक्षिप्त बनिन् । उनी हाल भावविह्ल अवस्थामा छिन् ।

मजदूरी गरेर छोराहरूले दुःखसुख घरमा जीवीकोपार्जन गर्दै आएका थिए । तर, तीनै बुहारीसहित देउरानीलाई बाढीले बगाएपछि उनी छाँगाबाट खसेजस्तै भइन् ।

रामसरीकी कान्छी बुहारी प्रेमकलाको इटहरी ४ स्थित गैरीगाउँमा मंगलबार दिउँसो १२ बजेतिर शव फेला परेको छ । माइली बुहारी स्वस्तिका भने पौडी खेलेर बाँचेकी छन् भने जेठी बुहारी फूला र देउरानी असरादेवी भने बाढीको भेलसँगै बेपत्ता छन् ।

उनीहरूको हाल खोजी भइरहेको प्रहरीको भनाइ छ ।

निरन्तर आँसुमा डुबिरहेकी रामसरीको आवाज कारुणिक सुनिदैँछन् – ‘यो पानी पनि यिनीहरूकै ज्यान लिन आएको रहेछ । के दिन आइलाग्यो नि !’

बाढीबाट बाँचेकी स्वस्तिकाका अनुसार पानी परेसँगै माछा मार्न र दाउरा टिप्न जाँदा अचानक बाढी आएको थियो ।

‘हरैँचापट्टि बग्ने खोलामा बाढी आएको थिएन, अलिअलि मात्रै पानी थियो,’ रोदनमिश्रित रहेकी उनले थपिन्, ‘इटहरीपट्टि बग्ने खोलामा पानी थियो । त्यहाँ बीचको भागमा गएर हामी दाउरा टिप्ने र माछा मारिरहेका थियौँ । एक्कासि उभोबाट बाढी आयो र बगायो ।’

उनले अचानक आएको बाढीले हरैँचा क्षेत्रमासमेत प्रभावित बन्यो र बीचमा रहेका चारैजनालाई बगाएको थियो । आफूले पौडी खेलेर ज्यान जोगिएपनि देउरानीको मृत्यु भएको, जेठानी र काकी सासुलाई भने बाढीले बगाएको उनले सुनाइन् ।

मृतक प्रेमकलाकी फुपू सासु राजकुमारी चौधरीका अनुसार पाँच वर्षअघि प्रेमकला र सन्दीप चौधरीबीच विवाह भएको थियो । सन्दीप वैदेशिक रोजगारीका लागि साउदी अरबमा छन् । उनीहरूको चार वर्षका एक छोरा छन् ।

‘भर्खरै स्कुल लगाएको थियो । घर खर्च चलाउनका निम्ति विदेश गएको अस्ति वैशाखमा एक वर्षमात्रै भयो,’ राजकुमारीले विक्षिप्त भावमा टाकुरा न्यूजसँग भनिन्, ‘माइती घर हरैँचा हो । राम्ररी परिवार चलेकै थियो, के दशा आइलाग्यो ।’

उनका अनुसार उक्त परिवारका तीन छोरा र एक छोरी छन् । छोरीको विवाह भइसकेको छ भने तीनै छोराहरू वैदेशिक रोजगारीमा थिए । जेठा छोरा राजन केही वर्षअघि वैदेशिक रोजगारीबाट आएर मजदूरी गरिरहेका छन् । माइला छोरा दीपेन मलेसियामा छन् भने कान्छा सन्दीप साउदी छन् ।

‘जेठो मिस्त्री हो । उसले आफैँ घर बनाएर बसेको छ । माइला र कान्छा छोराबुहारी एकैघरमा थिए, मिलेको परिवार थियो,’ राजकुमारीले थपिन्, ‘दाजु (मृतकका ससुरा)को अघिल्लो फागुनमा जन्डिसका कारण खस्नुभयो । अहिले एकैपटक घरका सबै बुहारीलाई बाढीले बगायो । पानी पनि सानो आएन, यिनीहरूलाई नै लिन आएको रहेछ ।’

राजकुमारीका अनुसार राजन र दीपेनको एकै लगनमा विवाह भएको थियो ।

इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी टेकबहादुर कार्कीका अनुसार मृतक प्रेमकलाको शव पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । बेपत्ता दुवैजनाको खोजी कार्य भइरहेको कार्कीको भनाइ छ ।

‘माछा मार्ने क्रममा खोक्सी भन्ने ठाउँबाट चारैजनालाई बगाएको रहेछ, जसमध्ये दुईजनाको अझै खोजी भइरहेको छ,’ उनले भने । असावधानीपूर्वक माछा मार्ने र दाउरा बटुल्ने क्रममा उनीहरूलाई बाढीले बगाएको उनले बताए ।

घटनास्थलमा रहेका सुन्दरहरैँचा ५ का वडाध्यक्ष गणेश चौधरीले पीडित परिवारलाई राहत दिलाउनका निम्ति पालिकास्तरीय बैठक बस्ने र निर्णय गर्ने बताए । उनले पीडित परिवारको उद्धार र राहतका निम्ति पहल भइरहेको जनाए ।

‘हामी मेयरसाबसँग छलफल गरेर उद्धार, राहतका निम्ति पहल गरिरहेका छौँ,’ उनले भने ।

भिडियो

यो पनि – बाढी आएको समयमा माछा मार्न खोज्दा निम्तिएको घटना : बूढीखोलाले बगाएर प्रेमकलाको मृत्यु, दुईजना बेपत्ता

यो पनि – इटहरीको बूढीखोलाले मान्छे बगायो, एक युवतीको शव फेला

Tags: टाकुरा विशेषसुन्दरहरैँचा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

विद्यार्थी संगठन खारेज गर्ने निर्णयप्रति हर्क साम्पाङको असहमति
FEATURE BREAKING

विद्यार्थी संगठन खारेज गर्ने निर्णयप्रति हर्क साम्पाङको असहमति

by टाकुरा न्यूज । इटहरी
बैशाख १५, २०८३
0

इटहरी : प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले विद्यार्थी संगठनहरू खारेज गर्ने निर्णयप्रति असहमति जनाएका छन्। उनले विद्यार्थी संगठनहरू लोकतान्त्रिक आन्दोलन र परिवर्तनहरूमा...

इटहरी–धरान सडकखण्डमा दुर्घटना बढेपछि तरहरामा लगाइयो ‘एकाहा पुराण’
समाचार

इटहरी–धरान सडकखण्डमा दुर्घटना बढेपछि तरहरामा लगाइयो ‘एकाहा पुराण’

by टाकुरा न्यूज । इटहरी
बैशाख १५, २०८३
0

इटहरी : इटहरी–धरान सडकखण्ड अन्तर्गत इटहरी–२० स्थित तरहरा (होम्स) क्षेत्रमा पछिल्लो समय सवारी दुर्घटना बढ्दै गएपछि स्थानीयवासीले ‘एकाहा पुराण’ आयोजना गरेका...

लागूऔषध : धरानमा ट्याटु हाउस सञ्चालकसहित सात जना नियन्त्रणमा

धरानमा अनलाइन जुवा ‘वान एक्स बेट’ सञ्चालनमा संलग्न १० जना पक्राउ

बैशाख १५, २०८३
निजी विद्यालयले चैत्र महिनाको शुल्क लिन नपाउने

खोटाङका यी तीन स्थानीय तहले आइतबार पठनपाठन सञ्चालन गर्ने

बैशाख १५, २०८३

‘हेल्लो सरकार’मा उजुरी परेपछि झापाबाट म्याद गुज्रिएका ३० कार्टुन पेय पदार्थ बरामद

बैशाख १५, २०८३
एसिएन हाइवे : पूर्वीखण्डको स्तरोन्नति कार्य सुस्त

इटहरीको ‘डाइभर्सन’मा स्कुटर ठोक्किएर दुर्घटना हुँदा एकको मृत्यु 

बैशाख १५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

विद्यार्थी संगठन खारेज गर्ने निर्णयप्रति हर्क साम्पाङको असहमति

विद्यार्थी संगठन खारेज गर्ने निर्णयप्रति हर्क साम्पाङको असहमति

बैशाख १५, २०८३
इटहरी–धरान सडकखण्डमा दुर्घटना बढेपछि तरहरामा लगाइयो ‘एकाहा पुराण’

इटहरी–धरान सडकखण्डमा दुर्घटना बढेपछि तरहरामा लगाइयो ‘एकाहा पुराण’

बैशाख १५, २०८३
लागूऔषध : धरानमा ट्याटु हाउस सञ्चालकसहित सात जना नियन्त्रणमा

धरानमा अनलाइन जुवा ‘वान एक्स बेट’ सञ्चालनमा संलग्न १० जना पक्राउ

बैशाख १५, २०८३
निजी विद्यालयले चैत्र महिनाको शुल्क लिन नपाउने

खोटाङका यी तीन स्थानीय तहले आइतबार पठनपाठन सञ्चालन गर्ने

बैशाख १५, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1472 shares
    Share 589 Tweet 368
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    645 shares
    Share 258 Tweet 161
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    468 shares
    Share 187 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    387 shares
    Share 155 Tweet 97
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    379 shares
    Share 152 Tweet 95

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.