इटहरी : इटहरीस्थित बूढीखोलाले मान्छे बगाएको छ ।
अविरल वर्षाका कारण बूढीखोलामा आएको बाढीले मान्छे बगाउँदा एक युवतीको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी टेकबहादुर कार्कीका अनुसार निरन्तरको वर्षाका कारण आएको बाढीले बगाएर एक युवतीको मृत्यु भएको हो ।
‘बाढीले बगाएका कारण तत्काल उद्धार गर्न सकिएन,’ डीएसपी कार्कीले भने, ‘बाढीले बगाएर एकजनाको शव फेला परेको छ । हामी घटनास्थलमै छौँ ।’
उनका अनुसार ती युवतीको उमेर अन्दाजी २५ वर्ष रहेको छ ।
तत्काल शवको पहिचान नभएकाले आफन्तसँग सम्पर्क भइरहेको डीएसपी कार्कीले बताए । ‘प्रहरीलाई जानकारी भएलगत्तै हामी घटनास्थलमा पुगेका छौँ,’ उनले टाकुरा न्यूजसँग भने, ‘घटनाको थप कारणबारे अनुसन्धान भइरहेको छ ।’
प्रहरीका अनुसार उत्तरी मोरङको फुक्सिङबाट चारजनालाई बिहान बगाएको थियो । जसमध्ये एक पुरुष र तीन महिला रहेका थिए । तीनजनालाई उद्धार गरिएको र एकजनाको भने शव फेला परेको प्रहरीले जनाएको छ ।
इटहरीसहित पूर्वी नेपालमा बिहानैदेखि चट्याङसहित अविरल वर्षा भइरहेको छ ।














Discussion about this post