ओखलढुंगा : ओखलढुंगामा अविरल वर्षाका कारण गएको पहिरोले घर, गोठ पुरिएको छ ।
चिशंखुगढी गाउँपालिका ५ स्थित थुम्की बस्ने वर्ष ३९ को बाबुराम खत्रीको घर र गोठ पुरिएर एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा खत्रीकी श्रीमती ३५ वर्षीया देवकुमारी खत्री रहेकी प्रहरीले जनाएको छ ।
प्रहरीले मृतकको शव घटनास्थलबाट उद्धार गरी कानुनी प्रक्रिया सुरु गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।














Discussion about this post