तेह्रथुम : तेह्रथुमको लालीगुराँस नगरपालिका ८ सोल्मामा बिहीबार आफ्नै छोराले आमाको हत्या गरेका छन् ।
बिहीबार अपराह्न ४ बजे स्थानीय २३ वर्षीय दीपक नेपालीले आफ्नै आमा ४३ वर्षीया तीलमाया नेपालीको धारिलो हतियार खुकुरी प्रयोग गरी घाँटी रेटेर हत्या गरेका हुन् ।
घरायसी विवाद हुँदा उनले तीलमायालाई खुकुरी प्रहार गरेको इलाका प्रहरी कार्यालय बसन्तपुरका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले जानकारी दिए ।
खुकुरी प्रहार गरी आमाको हत्या गर्ने उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।














Discussion about this post