Friday, September 4, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

महेन्द्र मोरङ क्याम्पसको शैक्षिक सुधारका लागि परिषद्ले बुझायो सुझाव पत्र

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार २४, २०८१
in विविध, समाचार
0
महेन्द्र मोरङ क्याम्पसको शैक्षिक सुधारका लागि परिषद्ले बुझायो सुझाव पत्र

प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको शैक्षिक सुधारका लागि सुझाव पत्र बुझाइँदै

77
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको शैक्षिक सुधारका लागि सुझाव पत्र बुझाएको छ ।

सोमबार परिषद् महेन्द्र मोरङ क्याम्पस इकाइ समितिले क्याम्पस प्रमुख डा. रामावतार शरणलाई सुझाव पत्र बुझाएको हो । क्याम्पसको शैक्षिक, प्रशासनिक तथा वातावरणको समग्र सुधारका लागि निम्न माग तथा सुझावहरू क्याम्पस प्रमुखलाई बुझाएको क्याम्पस संयोजक सरोज यादवले जानकारी दिए ।

व्यवस्थापन, शिक्षा, विज्ञान, कला संकायमा आन्तरिक परीक्षा सञ्चालन गर्नुपर्ने, विद्यार्थीले भर्ने अध्ययन शुल्कको सदुपयोग गर्दै एउटा कक्षा कोठामा २ वटा फ्यान, प्रत्येक कक्षाकोठामा गुणस्तरीय प्रोजेक्टरको व्यवस्था, कक्षाकोठा तथा शौचालयको दैनिक रूपमा सरसफाई, पानी ट्याङ्गीको सरसफाई, शुद्ध पिउने पानी तथा क्याम्पस परिसरको नियमित सरसफाइ तथा व्यवस्थापन गर्नुपर्ने इकाइ समितिले माग गरेको छ ।

यसैगरी संकायअनुसारका पुस्तकालय कक्षको निर्माण गर्दै पुस्तकालयमा परिमार्जित पाठ्यक्रमअनुसारका पुस्तकहरूको उपलब्धता साथै थप सहज पहुँचका लागि इ–लाइब्रेरीको परिकल्पनालाई अगाडि बढाउँदै व्यवस्थित गर्नुपर्ने, छात्रवृत्ति वितरणमा भइरहेको दलीय भागवण्डा तथा नातावाद कृपावादको अन्त्य गर्दै स्वच्छ प्रतिस्पर्धाका आधारमा वैज्ञानिक मापदण्ड निर्माण गर्दै छात्रवृत्ति वितरण गर्नुपर्ने उल्लेख गरिएको छ ।

विज्ञान प्रयोगशाला प्रभावकारी बनाउन, विज्ञान प्रदर्शनी तथा आविष्कार केन्द्र जस्ता विषयमा क्याम्पस प्रशासनको ध्यान जानुपर्ने, भर्ना, रजिष्ट्रेसन, प्रमाणपत्र, लब्धाङपत्र आदिको प्राप्तिको लागि अनलाइन पद्धतिको विकास गर्दै छिटो र तुरून्त प्रशासनिक सेवा सुविधा उपलब्ध हुने नीति एवं वातावरण निर्माण गर्नुपर्ने, प्रत्येक वर्ष क्याम्पसको आयव्यय विवरण सरल भाषामा सार्वजनिक गर्नुपर्ने परिषद्को माग छ ।

यस्तै बिबिएसको कक्षा सञ्चालन हुने भवनमा वर्षाको बेला पानी चुहिने समस्याको समाधान गर्नुपर्ने, विद्यार्थीको क्षमता अभिवृद्धिका लागि आन्तरिक मूल्याङ्कन पद्धतिको विकास गर्न, प्रत्येक वर्ष शैक्षिक भ्रमण एवम् शंकायअनुसार अध्ययन एवं अनुसन्धानका लागि अध्ययन भ्रमणको व्यवस्था गर्नुपर्ने क्याम्पस प्रमुखलाई बुझाएको माग एवं सुझाव–पत्रमा उल्लेख गरिएको छ ।

यस्तै, प्रत्येक ६–६ महिनामा प्राज्ञिक एवम् खोज तथा अनुसन्धानमूलक जर्नल प्रकाशित गरिनुपर्ने, क्याम्पसका भौतिक संरचना तोडफोड गर्ने, प्राध्यापक, विद्यार्थी तथा कर्मचारीमाथि दुव्र्यवहार जस्ता अमर्यादित एवं आपराधिक क्रियाकलापको अन्त्यका लागि आवश्यक नीति निर्माण गर्नुपर्ने, छात्रावासको सञ्चालनको प्रक्रियालाई अगाडि बढाउनुपर्ने उल्लेख गरिएको छ ।

यसैगरी फरक क्षमता भएका विद्यार्थीको पठनपाठनमा सहजताका लागि सोही अनुसारको भौतिक संरचना निर्माणका लागि पहल गर्न र फरक क्षमता भएका विद्यार्थीको पठनपाठनमा सहायताका लागि सहयता समिति तथा कोष निर्माण गर्नुपर्ने र सेनिटरी प्याडको उचित एवम् प्रभावकारी व्यवस्थापन गर्नुपर्ने परिषद् महेन्द्र मोरङ इकाई समितिको माग छ ।

परिषद् महेन्द्र मोरङ इकाईले विगत विद्यार्थीको हितका लागि विभिन्न प्रशिक्षण, अभियान तथा रचनात्मक गतिविधिको आयोजना गर्दै आइरहेको क्याम्पस संयोजक यादवले बताए ।

Tags: #मोरङ#विराटनगरमहेन्द्र मोरङशिक्षासरोज यादव
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर एक पुरुषको मृत्यु
FEATURE BREAKING

सङ्खुवासभामा गोली हानेर प्रधानाध्यापकको हत्या

by टाकुरा न्यूज । इटहरी
भदौ १९, २०८३
0

सङ्खुवासभा : सङ्खुवासभाको मकालु गाउँपालिकामा–१ वालुङ चिर्खाङमा गोली हानेर एक शिक्षकको हत्या गरिएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ...

भोटेकोशी बाढीपीडितका लागि हिसान सुनसरीको ५६ लाख सहयोग
समाचार

भोटेकोशी बाढीपीडितका लागि हिसान सुनसरीको ५६ लाख सहयोग

by टाकुरा न्यूज । इटहरी
भदौ १८, २०८३
0

इटहरी — गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढी तथा डुबानबाट प्रभावित नागरिकको राहत र पुनःस्थापनाका लागि हिसान सुनसरीले...

करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक

कोशी प्रदेशसभामा वार्षिक प्रतिवेदन पेस

भदौ १८, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

भदौ १८, २०८३
ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

भदौ १८, २०८३
बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

काँकडभिट्टा नाकामा सशस्त्र प्रहरीको ‘गोप्रो’ निगरानी

भदौ १८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर एक पुरुषको मृत्यु

सङ्खुवासभामा गोली हानेर प्रधानाध्यापकको हत्या

भदौ १९, २०८३
भोटेकोशी बाढीपीडितका लागि हिसान सुनसरीको ५६ लाख सहयोग

भोटेकोशी बाढीपीडितका लागि हिसान सुनसरीको ५६ लाख सहयोग

भदौ १८, २०८३
करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक

कोशी प्रदेशसभामा वार्षिक प्रतिवेदन पेस

भदौ १८, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

भदौ १८, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    448 shares
    Share 179 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    308 shares
    Share 123 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    292 shares
    Share 117 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    282 shares
    Share 113 Tweet 71
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.