उदयपुर : उदयपुरको कटारी नगरपालिका ७ रिस्कुबाट ४९ किलोग्राम गाँजासहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा उदयपुरको ताप्ली गाँपालिका १ बाहुनीटारका ३१ वर्षीय शम्भु राई, १८ वर्षीय आशिष भुजेल र अर्का एकजना बालक रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरबाट गस्तीमा खटिएको प्रहरी टोलीले तीनै जनाले बोकेर ल्याउँदै गरेको अवस्थामा उक्त परिमाणको लागूऔषध गाँजा फेला पारी बरामद गरेको हो ।
गाँजासहित पक्राउ परेका उनीहरूको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post