Sunday, August 30, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

‘जलसमाधि लिदैँछु’ लेखेर बेपत्ता इटहरीका डा. रामजी तिम्सिनाको अवस्था ४० दिनदेखि अज्ञात

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन २७, २०८१
in टाकुरा विशेष, समाचार
0
इटहरी निवासी समालोचक डा. रामजी तिम्सिना ‘जलसमाधि लिदैँछु, अलबिदा’ लेखेर बेपत्ता

रामजी तिम्सिना ।

127
SHARES
Share on FacebookShare on Twitter

इटहरी : ‘जलसमाधि लिदैँछु’ लेखेर बेपत्ता भएका इटहरी उपमहानगरपालिका वडा नं. २ निवासी डा. रामजी तिम्सिनाको अवस्था ४० दिनदेखि अज्ञात छ । समालोचक तथा सहप्राध्यापकसमेत रहेका उनी ४० दिनयता घरबाटै बेपत्ता भएका थिए ।

गत असार १९ गतेदेखि बेपत्ता भएका तिम्सिनाको अवस्था अझै अज्ञात भएको हो । ‘म बराहक्षेत्रमा जलसमाधि लिदैँछु । अलबिदा ।’ लेखेर घरबाट बेपत्ता भएका तिम्सिना हालसम्म भेटिएका छैनन् ।

प्रहरीले भने हालसम्म पनि खोजी जारी राखेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीले हालसम्म पनि उनको खोजी भइरहेको जानकारी दिए । खोजी भइरहेपनि तिम्सिना फेला पर्न सकेका छैनन्

। उनै तिम्सिनाले आँफू ‘जलसमाधि लिदैँछु’ भनेर सप्तकोसीमा गएको संकेत गरेसँगै प्रहरीले गोताखोर टोलीसहित सप्तकोसी र आसपासका क्षेत्रमा खोजी गरेपनि फेला पार्न नसकिएको एसपी रेग्मीले बताए ।

‘उहाँलाई हालसम्म जीवित वा मृत केही फेला पार्न सकिएको छैन,’ उनले थपे, ‘गत साउन १६ गते मंगलबार उहाँसँग मिल्दोजुल्दो एउटा शव फेला परेको छ । तर, परिवारले त्यो शव होइन भन्ने खालको आशय राखेका कारण परीक्षण भएको छैन ।’

उनका अनुसार सुनसरीको बराहक्षेत्र नगरपालिकामा पर्ने चक्रघट्टीमा एउटा शव फेला पारेको थियो । ‘तिम्सिनासँग मिल्दोजुल्दो शव फेला परेको भएपनि हालसम्म पोस्टमार्टम र डीएनए परीक्षण भएको छैन,’ एसपी रेग्मीले भने, ‘तिम्सिनाको टाउको र हात चैँ मिल्न सक्ने भएकाले अब डीएनए परीक्षणपछि मात्रै त्यो शव हो वा होइन भन्नेबारे खुल्छ ।’

उनका अनुसार अन्यत्रसमेत खोजी भइरहेको छ ।

तिम्सिना घरबाट ‘जलसमाधि लिदैँछु’ भनेर किन हिँडे भन्नेबारे थप अनुसन्धान जारी राखिएको रेग्मीको भनाइ छ । उनका अनुसार फेला परेको शव भने धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखेर अनुसन्धान भइरहेको छ ।

तिम्सिनासँग मिल्दोजुल्दो किसिमको शव फेला परेपछि थप अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ । उक्त शव सडेको अवस्थामा रहेका कारण तत्काल पहिचान गर्नसमेत समस्या परेको प्रहरीले जनाएको छ ।

यता, तिम्सिनाकी श्रीमती मीरा पोखरेलले भने आफूहरूलेसमेत खोजी कार्य गरिरहेको बताइन् ।

‘उहाँजस्तो मान्छेले त्यस्तो काम गर्नुहुन्छ जस्तो (जलसमाधि) लाग्दैन । तर, जलसमाधि लिदैँछु भनेको नोट र मोबाइलको लोकेशन बराहक्षेत्र देखाएका कारण केही शंका गर्ने ठाउँ पनि छ,’ उनले भनिन्, ‘हामीले खोज्नुपर्ने ठाउँमा खोजिरहेका छौँ । प्रहरीले पनि आफ्नो ठाउँबाट अनुसन्धान गरिरहेको छ ।’

गाउँघरमा कतिपय अफवाहसमेत फैलिएका कारण घरपरिवारभित्र तिम्सिनाको कुनै खटपट नरहेकोसमेत उनले प्रष्ट पारिन् ।

त्रिभुवन विश्वविद्यालयका सह–प्राध्यापकसमेत रहेका रामजी तिम्सिनाले ‘म बराहक्षेत्रमा जलसमाधि लिदैँछु । अलबिदा । ‘मिति २०८१।०३।१९ बुधबार बिहान ४ः१८ बजे’ लेखेर त्यसदिनदेखि बेपत्ता छन् ।

तिम्सिना धरानस्थित महेन्द्र बहुमुखी क्याम्पस र इटहरीको कोसी कलेजमा अध्यापन गर्छन्। उनी खासगरी समालोचनामा रूचि राख्छन् । साहित्य समालोचनामा रूचि राख्ने तिम्सिना कुशल ‘रिसर्चचर’ पनि हुन् ।

यता, तिम्सिना आफैँ संस्थापक सदस्य रहेको कोसी कलेजका प्रधानाध्यापक अनन्तराज सुवेदीले भने उनी बेपत्ता हुनुको खास कुनै कारण नरहेको बताए ।

‘सरको सम्बन्ध सबैसँग राम्रो थियो । नराम्रो भन्ने त कसैसँग पनि थिएन,’ सुवेदीले भने, ‘उहाँ आफैँले सबैलाई हौसला दिएर पढ्नुपर्छ भन्नुहुन्थ्यो । शिक्षकहरूलाई पनि रिसर्च गर्नुपर्छ भनेर गाइड गर्नुहुन्थ्यो ।’

एक महिनायता तिम्सिना बेपत्ता आँफूहरू चिन्तित भएको उनले सुनाए । तिम्सिनाको खोजी कार्यमा जुट्न शुभचिन्तकलाई उनले आग्रह गरे ।

यो पनि – इटहरी निवासी समालोचक डा. रामजी तिम्सिना बुधबारदेखि अझै बेपत्ता, गोताखोर टोलीद्धारा खोजी जारी

यो पनि – इटहरी निवासी समालोचक डा. रामजी तिम्सिना ‘जलसमाधि लिदैँछु, अलबिदा’ लेखेर बेपत्ता

Tags: अज्ञातटाकुरा विशेषरामजी तिम्सिना
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मोरङमा एक पुरुष मृत भेटिए
FEATURE BREAKING

विराटनगरमा चोरी गर्न पुगेका पुरुष घरधनीको होहल्लापछि तीन तलाबाट हाम्फाल्दा मृत्यु

by टाकुरा न्यूज । इटहरी
भदौ १४, २०८३
0

विराटनगर : विराटनगरमा चोरी गर्न घरभित्र प्रवेश गरेका एक पुरुषको तीन तलामाथिबाट हाम्फाल्दा मृत्यु भएको छ। मृतकको पहिचान भने खुल्न...

झापामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु
समाचार

मिक्लाजुङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

by टाकुरा न्यूज । इटहरी
भदौ १४, २०८३
0

मोरङ : मिक्लाजुङ गाउँपालिका–१ सुके–जौवारी सडकमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना गम्भीर घाइते...

पूर्वाञ्चल विश्वविद्यालयमा यसै सत्रदेखि एमबीबीएस पढाइ, ५० सिट स्वीकृत

पूर्वाञ्चल विश्वविद्यालयमा तलबबाट राहत, उपकुलपति–रजिस्ट्रारले एक महिनाको दिने

भदौ १३, २०८३
इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

खोटाङमा शिक्षकको हत्या गरेको आरोपमा ११ जना पक्राउ

भदौ १३, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा छुट्टाछुट्टै कारबाहीमा ६ जना पक्राउ, १२.७३ ग्राम ब्राउनसुगर बरामद

भदौ १३, २०८३
खोटाङमा भक्तजन सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ जना घाइते

खोटाङमा भक्तजन सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ जना घाइते

भदौ १२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मोरङमा एक पुरुष मृत भेटिए

विराटनगरमा चोरी गर्न पुगेका पुरुष घरधनीको होहल्लापछि तीन तलाबाट हाम्फाल्दा मृत्यु

भदौ १४, २०८३
झापामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु

मिक्लाजुङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

भदौ १४, २०८३
पूर्वाञ्चल विश्वविद्यालयमा यसै सत्रदेखि एमबीबीएस पढाइ, ५० सिट स्वीकृत

पूर्वाञ्चल विश्वविद्यालयमा तलबबाट राहत, उपकुलपति–रजिस्ट्रारले एक महिनाको दिने

भदौ १३, २०८३
इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

खोटाङमा शिक्षकको हत्या गरेको आरोपमा ११ जना पक्राउ

भदौ १३, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    446 shares
    Share 178 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    306 shares
    Share 122 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    290 shares
    Share 116 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    280 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    278 shares
    Share 111 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.