Tuesday, June 16, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

विराटनगरका सहकारीलाई व्यवस्थित बनाउन महानगरको सक्रियता

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज २०, २०८१
in विविध, समाचार
0
विराटनगरका सहकारीलाई व्यवस्थित बनाउन महानगरको सक्रियता
83
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : विराटनगर महानगरपालिकाले सहकारीलाई व्यवस्थित र अनुशासित बनाउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

जसअन्तर्गत सहकारीका अध्यक्ष र व्यवस्थापकलाई बोलाएर सहकारीका ऐन, नियम, चुनौती, आइपर्ने समस्या समाधानका उपायलगायतका विषयमा विज्ञहरूबाट जानकारी गराउन सुरु गरेको छ ।

आइतबार सहकारी व्यवस्थापनसम्बन्धी अन्तरक्रिया कार्यक्रमसमेत सम्पन्न गरेको छ । महानगरका मेयर नागेश कोइरालाले कार्यक्रमको उद्घाटन गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले केही सहकारीका कारण सम्पूर्ण सहकारी बद्नाम भएको बताए ।

‘सहकारीको मर्म र भावनाविपरीत केही सहकारी सञ्चालन हुँदा समग्र सहकारी आन्दोलन नै बद्नाम भएको छ,’ उनले भने, ‘अझ राजनैतिक दलका नेताहरूसमेत सहकारीकाण्डमा मुछिँदा सहकारीप्रतिको विश्वास गिर्दै गएको छ ।’

जनतामा सहकारीप्रतिको विश्वास जागृत गराउनुपर्नेमा उनले जोड दिए । गरिबी निवारण र रोजगारी सिर्जनामा समेत सहकारीको योगदान महत्वपूर्ण रहेको मेयर कोइरालाले बताए ।

प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले आफ्नो कार्यक्षेत्रभित्र रहेर लगानी गरेमा सहकारी कहिल्यै नडुब्ने बताए । उनले समयमै साधारणसभा गर्ने र तोकिएका ऐन कानुनअनुसार सहकारी सञ्चालन गरिए समस्या नआउने दाबी गरे ।

पराजुलीले बचतकर्ताहरूबाट संकलित रकम सञ्चालकहरूले घरजग्गा, गाडीलगायतका अचल सम्पत्ति जोड्नतर्फ लागेका कारण सहकारी संकटमा गएको बताए ।

महानगरको आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेले सहकारीलाई व्यवस्थित र अनुशासित बनाउन महानगर लागिपरेको बताए । वडा नम्बर १९ का अध्यक्षसमेत रहेका घिमिरेले सहकारीमा समस्या नआओस् भनेर महानगरले बेला–बेला विभिन्न तालिमसमेत सञ्चालन गर्दै आएको जानकारी दिए ।

सहकारीको पुँजी सही ठाउँमा लगानी गर्ने र गलत व्यक्तिको हातमा जान नदिने हो भने समस्या नआउने उनको भनाइ थियो ।

सो अवसरमा जिल्ला सहकारी संघ मोरङका कोषाध्यक्ष अमृत गुरुङ, राष्ट्रिय सहकारी बैंक विराटनगर शाखाका प्रबन्धक चिरञ्जीवि तिम्सिना, महानगरको आर्थिक विकास महाशाखाका संयोजक कृष्ण पोखरेलले सहकारीप्रति समाजमा नकारात्मक भावना पैदा भएकाले त्यसलाई चिर्नु जरुरी रहेको औंल्याए ।

महानगर क्षेत्रभित्र सञ्चालित एक ७२ वटा सहकारीमध्ये पहिलो चरणमा ५८ वटा सहकारीका अध्यक्ष र व्यवस्थापक गरी एक सय १६ जनालाई कार्यक्रममा सहभागी गराइएको सहकारी शाखाकी रोजी कार्कीले जानकारी दिइन् । उनीहरूलाई प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय, कोशी प्रदेश कार्यालयका रजिष्ट्रार, सहकारी विज्ञ हरिबहादुर खत्रीले सहकारीका ऐन, नियम, सञ्चालन गर्दा आइपर्ने समस्यालगायतका विषयमा जानकारी गराएका थिए ।

सहकारी शाखाकी कार्कीका अनअुसार महानगरका सबै सहकारीका अध्यक्ष र व्यवस्थापकलाई तीन चरणमा प्रशिक्षण दिइनेछ ।

Tags: #विराटनगर#सहकारीविराटनगर महानगरपालिका
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

खोलाजन्य सामाग्री अवैध उत्खननमा रोक
FEATURE BREAKING

मोरङका पाँच क्रसर उद्योगमाथि राजस्व हिनामिना आरोपमा अनुसन्धान, सडक कालोपत्रे रोकियो

by टाकुरा न्यूज । इटहरी
असार १, २०८३
0

मोरङ : मोरङका पाँच क्रसर उद्योगमाथि राजस्व हिनामिना र कानुनी अनियमितताको अनुसन्धान सुरु भएपछि पूर्व–पश्चिम राजमार्ग विस्तारअन्तर्गत काँकडभिट्टा–लौकही सडकखण्डको निर्माण...

सुनसरीमा दुर्घटनाग्रस्त भारतीय स्कारपियोबाट एक सय चार केजी गाँजा बरामद
समाचार

सुनसरीमा दुर्घटनाग्रस्त भारतीय स्कारपियोबाट एक सय चार केजी गाँजा बरामद

by टाकुरा न्यूज । इटहरी
असार १, २०८३
0

इटहरी : सुनसरीको बराहक्षेत्र नगरपालिका–३ नडाहा चोकस्थित मदन भण्डारी लोकमार्गमा दुर्घटनाग्रस्त भारतीय नम्बरको स्कारपियोबाट एक सय चार किलोभन्दा बढी गाँजा...

कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

आइतबार बिदा हटाउने कोशी सरकारको संकेत

असार १, २०८३
अलैँचीको मूल्य घटेपछि भोजपुरका किसान चिन्तित

ताप्लेजुङमा अलैँची महोत्सवको तयारी

असार १, २०८३
झापामा रोजगार मेलाबाट एक सय ६४ जनाले पाए जागिर

झापामा रोजगार मेलाबाट एक सय ६४ जनाले पाए जागिर

असार १, २०८३
मोरङमा बसको ठक्करबाट वृद्धको मृत्यु

मोरङमा बसको ठक्करबाट वृद्धको मृत्यु

असार १, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

खोलाजन्य सामाग्री अवैध उत्खननमा रोक

मोरङका पाँच क्रसर उद्योगमाथि राजस्व हिनामिना आरोपमा अनुसन्धान, सडक कालोपत्रे रोकियो

असार १, २०८३
सुनसरीमा दुर्घटनाग्रस्त भारतीय स्कारपियोबाट एक सय चार केजी गाँजा बरामद

सुनसरीमा दुर्घटनाग्रस्त भारतीय स्कारपियोबाट एक सय चार केजी गाँजा बरामद

असार १, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

आइतबार बिदा हटाउने कोशी सरकारको संकेत

असार १, २०८३
अलैँचीको मूल्य घटेपछि भोजपुरका किसान चिन्तित

ताप्लेजुङमा अलैँची महोत्सवको तयारी

असार १, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1505 shares
    Share 602 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1427 shares
    Share 571 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    904 shares
    Share 362 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    614 shares
    Share 246 Tweet 154
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    392 shares
    Share 157 Tweet 98

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.