Sunday, September 20, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

कोशी प्रदेश सरकारले एप्लिकेसन सफ्टवेयरमार्फत सहकारीको नियमन गर्ने

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर ७, २०८१
in समाचार
0
कोशी प्रदेश सरकारले एप्लिकेसन सफ्टवेयरमार्फत सहकारीको नियमन गर्ने
123
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : कोशी प्रदेश सरकारले एप्लिकेसन सफ्टवेयरमार्फत सहकारीलाई व्यवस्थित गर्ने भएको छ ।

संवाद समूह कोशी प्रदेशले बिहीबार विराटनगरमा आयोजना गरेको सहकारी नीति संवाद कार्यक्रममा कोशी प्रदेश सहकारी रजिस्टार तथा प्रशिक्षण कार्यालयका प्रमुख हरिबहादुर खत्रीले एकीकृत प्रणाली अन्तर्गत नयाँ एप्लिकेसन सफ्टवेयर मार्फत सहकारीलाई नियमन गर्न लागिएको जानकारी दिए ।

सहकारीका सफ्टवेयरलाई व्यवस्थित गर्न उद्योग कृषि तथा सहकारी मन्त्रालयले ‘सहकारी संस्थामा एप्लिकेसन सफ्टवेयर प्रयोग गर्ने सम्बन्धी कार्यविधि २०८१’ तयार गरिसकेकोले कार्यान्वयनमा लगिने जानकारी दिए । कार्यविधि अन्तिम चरणमा पुगेको बताउँदै प्रमुख खत्रीले चाँडै यो प्रयोगमा आउने बताए ।

संवादका सहभागी सरोकारवालाले सहकारीका सफ्टवेयर र यसका कम्पनीको विश्वसनीयतामा प्रश्न उठाएका थिए । अडानका प्रदेश सचिव तथा अडिटर फडिन्द्र पराजुलीले सहकारी सफ्टवेयर आधिकारिक दर्ता नहुने र हर हिसाब पनि आफूखुसी संशोधन गर्ने भन्दै विश्वसनीयतामाथि प्रश्न उठाए ।

आन्तरिक राजस्व कार्यालय विराटनगरका कर अधिकृत हरि सेढाईले अडिटर्स एसोसिएसनले बारम्बार सफ्टवेयरको विषयमा प्रश्न उठाएको बताए । ‘सफ्टवेयरमा मेनुपुलेसन बारे हामीले पनि सुनेका छौँ, यसको कति नियमन हुन्छ ? अनुगमन कसले गर्ने ? यसको सर्भर कहाँ छ ?’ सेढाईको प्रश्न छ ।

विराटनगर महानगरका मेयर नागेश कोइरालाले सहकारीहरूले सफ्टवेयरमा तलमाथि गर्ने गरेको भन्दै महानगरलाई आफ्नै सफ्टवेयर प्रयोग गर्न दिनुपर्ने बताए ।

मेयर कोइरालाले भने, ‘हामीलाई सफ्टवेयर बनाउन दिइँदैन, आफू खुसी अरू सफ्टवेयर प्रयोग गर्ने र तलमाथि गर्ने गरिएको पाइन्छ । कि त हामीलाई हाम्रै सफ्टवेयर प्रयोग गर्न दिइनुपर्छ नभए व्यवस्थित हुनुपर्छ ।’

सहकारी सफ्टवेयर कम्पनीका निर्देशक राजीव कर्णले सफ्टवेयर कम्पनी समस्याको जिम्मेवार नभएको, सहकारीहरू नै जिम्मेवार रहेको दाबी गरे । ‘डिलिट गर्ने आरोप र ब्याक डेटबारे धेरै प्रश्न उठेका छन्, उनले भने, रिभर्स भौचर उठाउँदा सहकारी बोर्डले गाली गर्छ भनेर डाटा संशोधन कर्मचारीबाटै हुने गरेको छ ।’

कतिपय सहकारीहरूले सफ्टवेयरमा रहेको हिसाब इडिट गर्न नपाउँदा अर्कै सफ्टवेयर किन्ने गरेको समेत छलफलमा उठेको छ ।

‘सफ्टवेयरले काम गरेन भनेर ओपनिङ देखि नै नयाँ डाटा हाल्छन्, उनले भने, जथाभाबी र जुनसुकै बेला नयाँ सफ्टवेयर किन्न नपाईने र सफ्टवेयर लकिङ सिस्टम हुनुपर्छ । ’

सफ्टवेयरका विषयमा संवाद समूहले गत असार २३ गते इटहरीमा गरेको सहकारी नीति संवादमा प्रश्नहरू उठेका थिए । यसैको आधारमा सरकारले सफ्टवेयर मोनिटरिङ र नियमनको काम सुरु भएको हो ।

मन्त्रालयले सफ्टवेयर कम्पनीलाई सूचिकृत हुन आह्वान गरेको थियो । त्यसपछि केही कम्पनीहरू सूचीकृत भएका छन् । अहिले भने मन्त्रालयले एकीकृत प्रणालीबाट नै समस्याको सम्बोधन गर्न कार्यविधि ल्याउन लागेको हो ।

संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उद्योग कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङगामले सहकारीमा देखिएको समस्या समाधानका लागि प्रदेश सरकारले काम गरिरहेको बताए ।

कार्यक्रममा उठेका विषयलाई आवश्यक सम्बोधन गर्ने प्रतिबद्धता जनाउँदै मन्त्री हाङगामले सफ्टवेयर सम्बन्धी कार्यविधि चाँडै कार्यान्वयनमा आउने जानकारी दिए ।

Tags: #सहकारीकोसी प्रदेश
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

पग्लिँदै हिमाल, बढ्दै हिमतालको खतरा
FEATURE BREAKING

पग्लिँदै हिमाल, बढ्दै हिमतालको खतरा

by अर्जुन उप्रेती
अशोज ४, २०८३
0

नेपालको हिमाल हाम्रो पहिचान मात्र होइन, यहाँका नदी, खानेपानी, कृषि, ऊर्जा, पर्यटन र लाखौँ मानिसको जीवनको आधार पनि हो ।...

धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
समाचार

धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

by टाकुरा न्यूज । इटहरी
अशोज ४, २०८३
0

उदयपुर। उदयपुरको चौदण्डीगढी नगरपालिका–२ डाँडागाउँमा घरायसी विवादका क्रममा धारिलो हतियार प्रहारबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा चौदण्डीगढी नगरपालिका–२...

कवि एवं रङ्गकर्मी प्रयाग न्यौपानेको ‘अन्पी मुसहरको माटो’ विमोचन

कवि एवं रङ्गकर्मी प्रयाग न्यौपानेको ‘अन्पी मुसहरको माटो’ विमोचन

अशोज ३, २०८३
अरनिकोमा वादविवाद प्रतियोगिता, समीक्षा पौडेल प्रथम

अरनिकोमा वादविवाद प्रतियोगिता, समीक्षा पौडेल प्रथम

अशोज ३, २०८३
संविधानको पूर्ण कार्यान्वयन गर्दै गणतन्त्र सुदृढ गर्न मुख्यमन्त्री कार्कीको आह्वान

संविधानको पूर्ण कार्यान्वयन गर्दै गणतन्त्र सुदृढ गर्न मुख्यमन्त्री कार्कीको आह्वान

अशोज ३, २०८३
पूर्वमन्त्री भगवती चौधरीको पहलमा नुवाकोटका बाढीपीडित परिवारलाई राहत

पूर्वमन्त्री भगवती चौधरीको पहलमा नुवाकोटका बाढीपीडित परिवारलाई राहत

अशोज ३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

पग्लिँदै हिमाल, बढ्दै हिमतालको खतरा

पग्लिँदै हिमाल, बढ्दै हिमतालको खतरा

अशोज ४, २०८३
धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

अशोज ४, २०८३
मनिष गाैतमका दुई गजल

मनिष गाैतमका दुई गजल

अशोज ३, २०८३
कवि एवं रङ्गकर्मी प्रयाग न्यौपानेको ‘अन्पी मुसहरको माटो’ विमोचन

कवि एवं रङ्गकर्मी प्रयाग न्यौपानेको ‘अन्पी मुसहरको माटो’ विमोचन

अशोज ३, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    960 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    760 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    518 shares
    Share 207 Tweet 130
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    355 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    300 shares
    Share 120 Tweet 75

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.