आज मार्ग कृष्ण पक्षको चतुर्दशीको अवसर पारेर सुनसरीको रामधुनी मन्दिरमा शतबीज छरिएको छ ।
शतबीज छर्न रामधुनी मन्दिरमा भक्तजनको भीड लागेको थियो । यसअघि मार्ग कृष्ण पक्षको त्रयोदशीका दिन राति शिवालयमा परिवारका मृतक सदस्यको सद्गतिको सङ्कल्पसहित दीपदानसमेत गरिएको थियो ।
दीपदान गर्नाले मृतकले सद्गति प्राप्त गर्ने धार्मिक विश्वास छ । अघिल्लो दिन विधिपूर्वक संकल्प गरी दीप बाली रातभर जाग्राम बस्ने र भोलिपल्ट अर्थात् चतुर्दशीको दिन नदीमा बत्ती बगाउने परम्परा छ ।
श्रद्धालुहरू चतुर्दशीका दिन बिहान शतबीज छर्ने गर्दछन् ।

सबै तस्बिरहरू : आर.बी कटवाल ।
भिडियो














Discussion about this post