इटहरी : सुनसरी र ताप्लेजुङबाट नियन्त्रित औषधी र लागूऔषधसहित पाँचजनालाई पक्राउ गरिएको छ ।
अस्थाई प्रहरी पोष्ट श्याम चौकबाट खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका १५ मिलन चौक स्थितमा स्कुटरमा सवार सोही स्थानका २७ वर्षीय सन्जीप गिरी र २३ वर्षीय रोजेश श्रेष्ठलाई नियन्त्रित औषधी स्पासपेन १२३ ट्याबलेट र लागूऔषध ट्रामाडोल ११७ क्याप्सुलसहित पक्राउ गरेको छ ।
यसैगरी ताप्लेजुङको फुङ्लिङ नगरपालिका ४ गोस लाईन स्थितबाट जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले फुङ्लिङ ८ का २० वर्षीय राम तामाङ, फुङ्लिङ ४ का २१ वर्षीय सोनुहाङ लिम्बु र पाथीभरा याङ्वरक १ का १९ वर्षीय सुमन तामाङको साथबाट नियन्त्रित औषधी स्पासपेन १८ ट्याबलेट र लागूऔषध ट्रामाडोल १८ क्याप्सुलसहित पक्राउ गरिएको छ ।
पक्राउ परेका सबैजनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post