विराटनगर : झापाको मेचीनगर नगरपालिका ६ स्थितमा लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले वुद्धशान्ति गाउँपालिका ४ का २१ वर्षीय पर्शुराम राईलाई २ ग्राम ३८० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ ।
यसैगरी सुनसरीको बराहक्षेत्र नगरपालिका २ स्थितमा इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले भोजपुर हतुवागढी ३ का २२ वर्षीय निकश राईलाई १ किलो ४०० ग्राम गाँजासहित पक्राउ गरिएको छ ।
यस्तै, धनकुटाको शहिदभूमी ६ का २४ वर्षीय मिलन राईलाई १ किलोग्राम गाँजा, निषेधित औषधी ९ पिससहित इलाका प्रहरी कार्यलाय छिन्ताङले पक्राउ गरेको छ ।
पक्राउ परेका तीनैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post