धरान : धरानमा लागूऔषधसहित दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धरान–१० कोठाभाडामा बस्दै आएकी ७ वर्षीया मनिका बिक र ३८ वर्षीय रेनुका लिम्बू रहेकी छन् ।
लागूऔषध कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा खानतलासी गर्दा बिक सुत्ने खाटमाथि राखेको कालो सुटकेसभित्र लुकाइराखेको प्रतिबन्धित लागूऔषध ट्रामाडोल २ हजार ५ सय क्याप्सुल फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
साथै, उनको कोठामा बस्ने ३८ लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो ।
दुवै जनालाई जिल्ला अदालत सुनसरीबाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post