Wednesday, September 16, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home खेलकुद

स्व. कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप : केराबारीसँग आयोजक स्तब्ध

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ १८, २०८१
in खेलकुद, समाचार
0
स्व. कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप : केराबारीसँग आयोजक स्तब्ध
111
SHARES
Share on FacebookShare on Twitter

इटहरी : स्व. कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको दोस्रो क्वाटरफाइनल खेलमा केराबारी फुटबल क्लबसँग आयोजक द योङ ब्रदर्श क्लब इटहरी स्तब्ध बनेको छ ।

शुक्रबार भएको क्वाटरफाइनल खेलमा केराबारीले आयोजकलाई ४–३ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलका लागि सिट सुरक्षित गरेको हो ।

खेलको ३ मिनेटमै आयोजकका लागि फासाले १ गोल गर्दै टिमलाई अग्रता दिलाए । लगत्तै खेलको ७ औँ मिनेटमा केराबारीका भुवन बस्नेतले जवाफी गोल फर्काए ।

खेलको १० मिनेटमै पुनः आयोजकका तर्फबाट फासाले नै गोल थपे । पहिलो हाफको इञ्जुरी समयमा केराबारीका लागि नितेश लिम्बूले थप १ गोल गरे । पहिलो हाफमा २–२ बराबरीमा टुंगिएपनि हाफपछि भने केराबारीले २ गोल थप्यो ।

प्रतिस्पर्धात्मक भएको खेल रोमाञ्चक बन्दा खेलाडीहरू उत्साहित बने ।

खेलको ५० औँ मिनेटमा केराबारीका लागि नितेश लिम्बूले पुनः १ गोल गर्दै टिमलाई अग्रता दिलाए ।

यसैगरी खेलको ५५ औँ मिनेटमा केराबारीकै लागि विशाल तामाङले थप १ गोल गरे । यसैगरी आयोजकका लागि खेलको ५७ औँ मिनेटमा उमेश राईले थप १ गोल गरे ।

खेलको म्यान अफ दि म्याच केराबारीका नितेश लिम्बू घोषित हुँदै नगद पाँच हजार प्राप्त गरे ।

कोशी प्रदेशस्तरीय प्रतियोगिता बिहीबार इटहरी ५ स्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा उद्घाटन भएको हो ।

उद्घाटन खेलमा दमक एकेडेमीले न्यू स्टार क्लब बराहक्षेत्रलाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

आयोजक द योङ ब्रदर्श क्लबका अध्यक्ष विजय सुब्बाका अनुसार प्रतियोगिताको विजेता टिमले नगद दुई लाख ५० हजार प्राप्त गर्नेछ । उपविजेता टिमले नगद एक लाख ३० हजारमा चित्त बुझाउनेछ ।

अघिल्लो वर्ष विजेतालाई दुई लाख २२ हजार प्रदान गरिएको थियो भने उपविजेताले एक लाख ११ हजार रुपैयाँ प्राप्त गरेका थिए । तर, यस वर्ष पुरस्कार राशि बढाइएको उनले बताए ।

प्रत्येक खेलको म्यान अफ दि म्याच हुने खेलाडीलाई नगद पाँच हजार प्रदान गरिनेछ ।

यसैगरी विधागततर्फ सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार, उत्कृष्ट गोलरक्षकलाई नगद १० हजार, उत्कृष्ट डिफेन्डरलाई नगद १० हजार, उत्कृष्ट मिड फिल्डरलाई नगद १० हजार, उत्कृष्ट स्ट्राइकरलाई नगद १० हजार र सर्वाधिक गोलकर्ता खेलाडीलाई नगद १० हजारसहित ट्रफी र मेडलसहित प्रमाणपत्र वितरण गरिने खेल संयोजक एवम् क्लबका संरक्षक विकास केसीले जानकारी दिए ।

प्रतियोगितामा २२ लाख ५५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको उनले जनाए । शनिबार लोहोरुङ फुटबल क्लब संखुवासभा र चारतारे युथ क्लब मोरङबीच प्रतिस्पर्धा हुनेछ ।

 

Tags: #खेलकुदगोल्डकपद योङ ब्रदर्श
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

प्रहरीद्धारा आफैंलाई गोली प्रहार, अवस्था गम्भीर
FEATURE BREAKING

बाँदरलाई ताकेको गोलीले भाइलाई लाग्दा ज्यान गयो

by टाकुरा न्यूज । इटहरी
भदौ ३०, २०८३
0

खोटाङ : बाँदर खेद्न जङ्गल पुगेका दुई दाजुभाइमध्ये एक जनाको गोली लागेर मृत्यु भएको छ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी...

‘झगडा नगरौं’ भन्ने आदित्य र रोमनको अन्ततः कुटपिटमै ज्यान गयो
FEATURE BREAKING

सुनसरीमा अनटेस्ट सिटी सफारीसँग मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

by टाकुरा न्यूज । इटहरी
भदौ ३०, २०८३
0

इटहरी : पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा अनटेस्ट सिटी सफारी र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।...

बेलकाका पहिरो पीडितलाई राहत

बेलकाका पहिरो पीडितलाई राहत

भदौ ३०, २०८३
घुससहित पक्राउ परेका वन अधिकृतविरुद्ध मुद्दा दर्ता

घुससहित पक्राउ परेका वन अधिकृतविरुद्ध मुद्दा दर्ता

भदौ ३०, २०८३
सुन्तला खेतीको उर्वर क्षेत्र झ्याउ पोखरी

सुन्तला खेतीको उर्वर क्षेत्र झ्याउ पोखरी

भदौ २९, २०८३
अख्तियारले ‘स्टिङ अप्रेसन’लाई निरन्तरता दिने 

काम अल्झाएर १५ हजार घुस, वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

भदौ २९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

यी राशिलाई हुनेछ आज लाभ (राशिफल)

आज तपाईंको भाग्यमा के छ? हेर्नुहोस् आजको राशिफल

भदौ ३१, २०८३
प्रहरीद्धारा आफैंलाई गोली प्रहार, अवस्था गम्भीर

बाँदरलाई ताकेको गोलीले भाइलाई लाग्दा ज्यान गयो

भदौ ३०, २०८३
‘झगडा नगरौं’ भन्ने आदित्य र रोमनको अन्ततः कुटपिटमै ज्यान गयो

सुनसरीमा अनटेस्ट सिटी सफारीसँग मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

भदौ ३०, २०८३
बेलकाका पहिरो पीडितलाई राहत

बेलकाका पहिरो पीडितलाई राहत

भदौ ३०, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    938 shares
    Share 375 Tweet 235
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    754 shares
    Share 302 Tweet 189
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    352 shares
    Share 141 Tweet 88
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    293 shares
    Share 117 Tweet 73
  • इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

    272 shares
    Share 109 Tweet 68

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.