मोरङ : इलाम र मोरङको विभिन्न स्थानहरूबाट प्रतिबन्धित लागूऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका १७ स्थितबाट इलाका प्रहरी रानी र लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा एकजनालाई पक्राउ गरेको छ ।
प्रदेश १–०२–०५४ प २१३६ नम्बरको मोटरसाइकल चालक मोरङको बेलबारी नगरपालिका ४ का ३२ वर्षीय विजय राईलाई २ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यसैगरी इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले पथरीशनिश्चरे १ का ३३ वर्षीय बालकृष्ण परियार र २० वर्षीय मौसम धिमाललाई एक सय पाँच् चक्की ट्रमाडोलसहित नियन्त्रणमा लिएको छ ।
त्यसैगरी प्रहरी चौकी महमाई इलामबाट खटिएको गस्ती टोलीले माई नगरपालिका ७ का ४५ वर्षीय टेकबहादुर लिम्बुलाई ७० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ ।
लागूऔषधसहित पक्राउ परेका उनीहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



















Discussion about this post