धरान : धरान १५ स्थितबाट प्रतिबन्धित औषधीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान १५ की २३ वर्षीया सृजना राई, २० वर्षीया विता थापा राई र दुई जना बालिकालाई फेला पारी पक्राउ गरिएको हो ।
चेकचाँज गर्दा उनीहरूको साथबाट प्रतिबन्धित औषधी ट्रामाडोल २०० चक्की फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरूमाथि इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post