Monday, October 19, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home खेलकुद

तरहरामा फागुन २४ गते ‘१० के रन’, दुई हजार बढी धावक सहभागी हुने

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन १६, २०८१
in खेलकुद, समाचार
0
तरहरामा फागुन २४ गते ‘१० के रन’, दुई हजार बढी धावक सहभागी हुने
208
SHARES
Share on FacebookShare on Twitter

तरहरा : इटहरी २० तरहरामा यही फागुन २४ गते शनिबार दोस्रो तरहरा ‘१० के रन’ आयोजना हुने भएको छ ।

शुक्रबार यहाँ पत्रकार सम्मेलन गरी दौड प्रतियोगिताबारे जानकारी दिइएको हो । दौड प्रतियोगितामा दुई हजार दुई सय धावक, धाविकाहरू सहभागी हुने बताइएको छ ।

कोशी प्रदेशसहित र खासगरी भारतको सिक्किम, दार्जिलीङ, मिरिकलगायतबाट धावक, धाविकाहरू सहभागी हुने तरहरा रनका अध्यक्ष शिवु रुम्दाली राईले बताए ।

उनका अनुसार विभिन्न आठ वटा विधामा दौड प्रतियोगिता हुनेछ । जसअनुसार १२ वर्षभन्दा कम उमेर समूहका बालबालिकाहरू ३ किलोमिटर दौडमा सहभागी हुनेछन् ।

प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः पाँच हजार, तीन हजार र दुई हजारसहित मेडल, प्रमाणपात्र प्राप्त गर्नेछन् ।

यसैगरी १६ वर्षभन्दा कम उमेर समूहका बालबालिकाहरू १० किलोमिटर दौडमा सहभागी हुनेछन् । जसमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १० हजार, सात हजार र पाँच हजारसहित मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् ।

१६ देखि ४० वर्ष उमेर समूहकाहरूले १० किलोमिटर दौड पूरा गर्नुपर्नेछ । जसमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३० हजार, २० हजार र १० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यसैगरी ४० देखि ६० वर्ष उमेर समूहकाहरूले पनि १० किलोमिटर दौड पूरा गर्नुपर्नेछ । प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १० हजार, सात हजार र पाँच हजार प्राप्त गर्नेछन् ।

यस्तै, ६० वर्षदेखि माथि ७५ वर्ष उमेर समूहकाले पनि १० किलोमिटर दौडमा सहभागी हुन पाउनेछन् । जसमा तीन हजार, दुई हजार र एक हजार रुपैयाँ पुरस्कार प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

यसैगरी स्पाइनर इन्जुरी भएकाहरूको समूहले एक किलोमिटर दौडमा सहभागी हुनेछन् । उनीहरूमध्ये प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः पाँच हजार, तीन हजार र दुई हजारसहित मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै, गृहिणी तथा पारिवारिक रमाइलो दौडमा तीन किलोमिटर र विदेशमा रहेकाहरूले १० किलोमिटर दौडमा सहभागी हुन पाउनेछन् ।

उनीहरूलाई मेडल र प्रमाणपत्र उपलब्ध गराइनेछ । जुनसुकै विधामा पनि पुरुष, महिला दुवैले सहभागी जनाउन सकिने र अहिले दर्ताको काम भइरहेको अध्यक्ष राईले जानकारी दिए ।

क्षमतावान खेलाडीहरूको पहिचान गरी उनीहरूलाई संरक्षण गर्न र समाजलाई दौडसँग जोड्न उक्त प्रतियोगिता आयोजना गर्न लागिएको उनको भनाइ छ । उनका अनुसार दौडमा सहभागी सबै धावकहरूलाई प्रमाणपत्र र मेडलसमेत उपलब्ध गराइनेछ ।

‘आम मानिसलाई दौडप्रति अभिप्रेरित गर्ने हाम्रो उदेश्य हो,’ राईले भने, ‘हामीले हरेक शनिबार साप्ताहिक रूपमा दौडमा सहभागी हुँदै आएका छौँ । विद्यार्थीहरू पनि यसमा सहभागी छन् । आज साप्ताहिक दौड ८० हप्तामा जारी छ ।’

कार्यक्रम संयोजक मीनकुमार खवासका अनुसार इटहरीको पहिचान झल्किनेगरी मेडल निर्माण गरिएको छ । कार्यक्रममा करिब १९ लाख रुपैयाँ खर्चको अनुमान गरिएको छ ।

जसमा सहभागीबाट आठ लाख ८० हजार, इटहरी उपमहानगरपालिकाबाट तीन लाख र बाँकी सहयोगीबाट रकम संकलन हुने बताइएको छ ।

तरहरा चोकबाट सुरू भएको दौड प्रतियोगिता ब्रम्हपुर, अमाहा हुँदै इटहरी १ को वडा कार्यालय नजिकैबाट आँपगाछी निस्किएर पुनः तरहरा चोक नै आइपुग्ने रुट तय गरिएको संस्थाका सचिव जीवन गिरीले जानकारी दिए ।

Tags: #खेलकुदरनशिवु रुम्दाली राई
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

पाथीभरामा यो वर्षकै सबैभन्दा धेरै भक्तजन, एकैदिन ७ हजार बढीले गरे दर्शन
विविध

तीन महिनामा पाथीभरामा ३३ लाखभन्दा बढी भेटी सङ्कलन

by रासस
कार्तिक १, २०८३
0

ताप्लेजुङ : प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा ३३ लाख २६ हजार ६५० रूपैयाँ...

सुनसरीमा कटुवा पेस्तोल र गोली बरामद
FEATURE BREAKING

सुनसरीमा कटुवा पेस्तोल र गोली बरामद

by टाकुरा न्यूज । इटहरी
कार्तिक १, २०८३
0

इटहरी : सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थित अमाहा सामुदायिक वनमा लुकाएर राखिएको कटुवा पेस्तोल र एक राउन्ड गोली प्रहरीले बरामद गरेको...

विराट सुपर लिगको उपाधि विराट र्‍याप्टर्सलाई

विराट सुपर लिगको उपाधि विराट र्‍याप्टर्सलाई

कार्तिक १, २०८३
गाईघाटको पञ्चावती भगवती मन्दिरमा भित्र्याइयो फूलपाती

गाईघाटको पञ्चावती भगवती मन्दिरमा भित्र्याइयो फूलपाती

अशोज ३१, २०८३
महानगर अन्तर्गतको रानी अस्पतालबाट भिडियो एक्स–रे सेवा सुरु

चाडपर्वलाई तडकभडक होइन, आत्मीयता र सहयोगको अवसर बनाऔँ : नागेश कोइराला

अशोज ३१, २०८३
इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

इलाममा घरको बरण्डामा मृत भेटिए ५५ वर्षीय पुरुष, धारिलो हतियार प्रहार भएको आशङ्का

अशोज ३१, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

पाथीभरामा यो वर्षकै सबैभन्दा धेरै भक्तजन, एकैदिन ७ हजार बढीले गरे दर्शन

तीन महिनामा पाथीभरामा ३३ लाखभन्दा बढी भेटी सङ्कलन

कार्तिक १, २०८३

सगरमाथाको शिखरमुनि हराएको जीवन

कार्तिक १, २०८३
सुनसरीमा कटुवा पेस्तोल र गोली बरामद

सुनसरीमा कटुवा पेस्तोल र गोली बरामद

कार्तिक १, २०८३
विराट सुपर लिगको उपाधि विराट र्‍याप्टर्सलाई

विराट सुपर लिगको उपाधि विराट र्‍याप्टर्सलाई

कार्तिक १, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    635 shares
    Share 254 Tweet 159
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    312 shares
    Share 125 Tweet 78
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    282 shares
    Share 113 Tweet 71
  • सुनसरीमा स्रोत नखुलेको ५ लाख ३० हजार रुपैयाँसहित युवक पक्राउ

    196 shares
    Share 78 Tweet 49

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.