इटहरी : इटहरी १९ मा रहेको फुजिसान सगरमाथा बोर्डिङ स्कुलमा रोबर्ट प्रदर्शनी गरिएको छ । कोशी प्रदेशका सुनसरी, मोरङ, झापा र धनकुटाका १६ वटा विद्यालयले स्टल राखेर रोबर्ट प्रदर्शनी गरेका हुन् ।
रोबर्टिक्स एसोसिएसन अफ नेपाल इस्टको आयोजना तथा फुजिसान स्कुलको संयोजनमा प्रदर्शनी गरिएको हो ।
प्रदर्शनीको आइतबार कोशी प्रदेशकी राज्यमन्त्री सिर्जना राईले उद्घाटन गरेकी थिइन् । सोमबार पूर्वाञ्चल विश्वविद्यालयका रजिष्ट्रार निलमणि पोखरेलले समापन गरे ।
प्रविधिको युगमा टेकेर काम गरिरहेको र मानव निर्मित यन्त्रको प्रदर्शनी गरिएको फुजिसान स्कुलका प्रबन्ध निर्देशक राकेश श्रेष्ठले बताए । उनका अनुसार यो किसिमको प्रदर्शनी कोशी प्रदेशमै पहिलो हो ।
सबै भेगका विद्यार्थीलाई प्रविधिमैत्री बनाउने उदेश्यले उक्त प्रदर्शनी आयोजना गरिएको श्रेष्ठले बताए । उनका अुनसार प्रदर्शनीम करिब सात हजारले अवलोकन गरेका छन् ।
प्रदर्शनीमा रोबो सकर खेल पनि आयोजना गरिएको थियो । जसमा टिम डिस्क्टक्टर सम्भव बस्नेत विजेता भए भने उर्लाबारीको रिलायन्स स्कुल उपविजेता भएको थियो ।
कार्यक्रममा रोबर्टिक्स एसोसिएसन अफ नेपाल इस्टका अध्यक्ष विनिलराज अधिकारी, गायक प्रशान्त शिवाकोटीलगायत सहभागी थिए ।














Discussion about this post