Thursday, September 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home खेलकुद

बुढासुब्बा गोल्डकपको विजेता एनआरटीलाई पराजित गर्दै चर्च ब्वाइज विराट गोल्डकपको सेमिफाइलनमा

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन २४, २०८१
in खेलकुद, समाचार
0
बुढासुब्बा गोल्डकपको विजेता एनआरटीलाई पराजित गर्दै चर्च ब्वाइज विराट गोल्डकपको सेमिफाइलनमा
100
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : २५ औँ संस्करणको बुढासुब्बा गोल्डकपको विजतो न्यूरोड टिम (एनआरटी) क्लबलाई पराजित गर्दै चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी ९ औं संस्करणको रमपम विराट गोल्डकपमा सेमिफाइलनमा पुगेको छ ।

विराटनगरको सहिद रंगशालामा शनिबार अन्तिम क्वाटरफाइनलमा चर्च ब्वाइजले एनआरटीलाई २–० गोलको जित निकाल्दै अन्तिम चारको स्थान सुरक्षित गरेको हो ।

यो खेलसँगै गोल्डकपको सेमिफाइनलको समीकरण पूरा भएको छ । यसअघि नेपाल पुलिस, थ्री स्टार र विभागीय टिम त्रिभूवन आर्मी सेमिफाइनलमा पुगिसकेका छन् ।

चर्च ब्वाइजको जितसँगै अब फाइनल प्रवेशको लागि सोमबार नेपाल पुलिससँग प्रतिस्पर्धा गर्नेछ ।

चर्च ब्वाइजको जितको लागि विदेशी खेलाडी रिचर्ड र आकाश राईले गोल गरेका थिए । खेलको ३५ औं मिनेटमा चर्च ब्वाइजले अग्रता लिएको थियो । लाक्पा पाख्रिनको पासमा रिचर्डले चलाखीपूर्ण ढंगले पोस्टको दिशा दिएका थिए ।

चर्च ब्वाइजका लागि दोस्रो गोल ६४ औं मिनेटमा सब्स्टिच्युट आकाशले गरे । दोस्रो हाफपछि चन्दन दासको ठाउँमा आकाश मैदान प्रवेश गरेका थिए ।

प्रतिस्पर्धात्मक खेलमा एनआरटीको कमजोर रक्षापंक्तिको फाइदा उठाउँदै पहिलोे हाफमा १–० गोलले पछि पर्यो ।

पहिलो हाफमा एक गोलले पछि परेपछि दोस्रो हाफमा एनआरटी आक्रमक भएर मैदान प्रवेश गर्यो । दोस्रो हाफमा एनआरटीले पाएका केही अवसरलाई चर्च ब्वाइजका रक्षापंक्तिका खेलाडीले विफल तुल्याइदिए ।

चर्च ब्वाइजको बलियो रक्षापंक्ति तोड्न नसक्दा एनआरटी पहिलो खेलबाटै घर फर्किन बाध्य भयो । एनआरटीले पाएको गोल गर्ने सुन्दर अवसर गोलमा परिणत गर्न नसक्दा बराबारीमा ल्याउने अवर पनि खेर गयो ।

एनआरटीले पहिलो हाफमा बनाएको केही अवसर गुमाएको थियो । खेलको १४ औँ मिनेटमा डिबक्स भित्रबाट एनआरटीका राजिव लोप्चनले गरेको कडा प्रहार चर्च ब्वाइजका गोल रक्षक टेकेन्द्र सिंह थापाले उत्कृष्ट बचाए ।

२४ औं मिनेटमा एनआरटीका विदेशी खेलाडी अर्मनले गरेको प्रहार चर्च ब्वाइजका गोल रक्षक टेकेन्द्र बाधक बनिदिए । ३३ औ मिनेटमा फोदेले वान भर्सेस वानको सुन्दर गोल गर्ने अवसर खेर फाले । उनको प्रहार बार माथिबाट बाहिरियो ।

४० औ मिनेटमा चर्च ब्वाइजका विदेशी खेलाडी आबयोमि डिबक्स भित्रबाट गरेको कडा प्रहार पोसमाथिबाट बाहिरियो ।

एनआरटी फिनिसिङमा चुकेको थियो । यही कारणले टोली पहिलो खेलबाट बाहिरन बाध्य भयो ।

चर्च ब्वाइजले एक महिना अगाडि धरानमा सम्पन्न भएको २५ औं संस्करणको बुढासुब्बा गोल्डकपको फाइनलमा हारेको बदला पनि विराट गोल्डकपमा आएर लिएको छ ।

२७ माघमा सम्पन्न बुढासुब्बा गोल्डकपको फाइनलमा चर्च ब्वाइज युनाइटेडलाई २–१ गोलले पराजित गर्दै एनआरटीले उपाधि उचालेको थियो ।

एनआरटी र चर्च ब्वाइज युनाइटेडको यो सिजनको मोफसलमा भएको फुटबल प्रतियोगितामा चौथो पटकको भेट हो ।

जसमध्ये दुई एनआरटी र दुई चर्च ब्वाइजले जितेको छ । पछिल्लो भेट उनीहरूको २५ औं संस्करणको बुढासुब्बा गोल्डकपको फाइलनमा भएको थियो ।

प्रतियोगिताको म्यान अफ दि म्याच चर्च ब्वाइजका गोल रक्षक टेकेन्द्रसिंह थापा घोषित भए । उनले नगद ११ हजार पाए ।

आइतबारको पहिलो सेमिफाइनल खेल विभागीय टिम त्रिभूवन आर्मी र थ्रीस्टार बिच हुनेछ ।

Tags: #खेलकुदगोल्डकपविराट गोल्डकप
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

हामी नवौँ वर्षमा [प्रकाशकीय]
FEATURE BREAKING

हामी नवौँ वर्षमा [प्रकाशकीय]

by टाकुरा न्यूज । इटहरी
अशोज १, २०८३
0

सत्य, तथ्य र निष्पक्ष पत्रकारिताको उद्देश्यसहित ‘टाकुरा साप्ताहिक’का रूपमा सुरु भएको हाम्रो यात्रा आज नवौँ वर्षमा प्रवेश गरेको छ ।...

सोलुखुम्बु : तालिमको काममा ‘घुसको क्यूआर’, उपाध्यक्ष र छोराविरुद्ध मुद्दा
समाचार

सोलुखुम्बु : तालिमको काममा ‘घुसको क्यूआर’, उपाध्यक्ष र छोराविरुद्ध मुद्दा

by टाकुरा न्यूज । इटहरी
भदौ ३१, २०८३
0

इटहरी : गाउँपालिकाले सञ्चालन गरेको सीपमूलक तालिममा प्रशिक्षकको काम दिलाउन पदको प्रभाव प्रयोग गरेको र त्यसबापतको रकम आफ्नै छोराको बैंक...

झापामा जङ्गली हात्ती मृत फेला

झापामा जङ्गली हात्ती मृत फेला

भदौ ३१, २०८३
झापामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु

ओखलढुङ्गा : भिरबाट ट्याक्टर खस्दा दुई जनाको मृत्यु

भदौ ३१, २०८३
उदयपुरको अँधेरीमा भएको सवारी दुर्घटनामा परी १७ जना घाइते

उदयपुरको अँधेरीमा भएको सवारी दुर्घटनामा परी १७ जना घाइते

भदौ ३१, २०८३
प्रहरीद्धारा आफैंलाई गोली प्रहार, अवस्था गम्भीर

बाँदरलाई ताकेको गोलीले भाइलाई लाग्दा ज्यान गयो

भदौ ३०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

तुलना जुका र सरकारको

अशोज १, २०८३

सगरमाथाको शिखरमा नेपाली कीर्तिमानको इतिहास

अशोज १, २०८३
यी राशिलाई हुनेछ आज लाभ (राशिफल)

तपाईँको भाग्य कस्तो रहला आजको दिन ? आजको राशिफल

अशोज १, २०८३
हामी नवौँ वर्षमा [प्रकाशकीय]

हामी नवौँ वर्षमा [प्रकाशकीय]

अशोज १, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    955 shares
    Share 382 Tweet 239
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    759 shares
    Share 304 Tweet 190
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    353 shares
    Share 141 Tweet 88
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    293 shares
    Share 117 Tweet 73
  • इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

    273 shares
    Share 109 Tweet 68

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.