विराटनगर : मोरङ, सुनसरी र धनकुटा जिल्लाका विभिन्न स्थानबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगर र निषेधित औषधीसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका १५ स्थितमा लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले ब्राउनसुगर ५ ग्रामसहित सुनसरीको धरान १३ का ३५ वर्षीय राजकुमार राई र मोरङ उर्लाबारी २ का ३१ वर्षीय सन्दीप कटुवाललाई ३ ग्राम
ब्राउनसुगरसहित पक्राउ गरेको हो । यसैगरी पथरीशनिश्चरे १० का ३२ वर्षीय प्रेमबहादुर तामाङलाई १० ग्राम ३० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यसैगरी सुनसरीको अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा धरान १७ का २२ वर्षीय पासाङ तामाङ र २४ वर्षीय सुमन राईलाई ट्रामाडोल ३९७ क्यापसुल र स्पास्पेन ७ ट्याब्लेटसहित पक्राउ गरेको छ ।
पक्राउ परेका पाँचै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



















Discussion about this post