Tuesday, July 14, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

सुनसरीमा सात वर्षीया बालिका अपहरण, घटनामा संलग्न व्यक्ति सप्तकोसी पुलबाट पक्राउ

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र २१, २०८१
in समाचार
0
सुनसरीमा सात वर्षीया बालिका अपहरण, घटनामा संलग्न व्यक्ति सप्तकोसी पुलबाट पक्राउ

तस्बिर : जिल्ला प्रहरी कार्यालय सुनसरी ।

276
SHARES
Share on FacebookShare on Twitter

इटहरी : सुनसरीमा अपहरणमा परेकी बालिकाको बिहीबार सकुशल उद्दार गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) सुमन कुमार तिम्सिनाका अनुसार बुधबार दिउँसो १ः४० बजेतिर कोशी गाउँपालिका वडा नं. ७ मुसहरी टोल बस्ने कुशेश्वर सदाकी सात वर्षीया छोरी ईशु सदालाई घर अगाडि खेल्ने क्रममा अपरिचित मानिसले सिटी सफारी चढाएर अपहरण गरेको प्रहरीमा सूचना आएको थियो ।

उक्त सूचनाका आधारमा डीएसपी योगराज खतिवडाको नेतृत्वमा टोली परिचालन भएको थियो ।

खतिवडाको कमाण्डमा ९ सदस्यीय अनुसन्धान टोली गठन गरी कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट ‘प्रोभिन्स इन्भेस्टिगेसन टिम’समेत परिचालन भएको थियो ।

अपहरणमा परेको २४ घण्टाभित्रै ती बालिकाको उद्दार गर्न सफल भएको एसपी तिम्सिनाले जानकारी दिए ।

‘हामीले आज (बिहीबार) दिउँसो सप्तकोसी नदीको पुलस्थित २६ नम्बरको ढोकाबाट फेला पारेका हौँ,’ एसपी तिम्सिना भन्छन्, ‘कुनै मानवीय क्षति हुन नदिन र घटनामा संलग्नलाई नियन्त्रणमा लिन सफल भएका छौँ ।’

बालिकाको अपहरणमा संलग्न सप्तरीको कञ्चनरूप नगरपालिका– १२ धरमपुरका ३१ वर्षीय जितुवा भनिने जितेन्द्र साह (हलुवाई)लाई पक्राउ गरिएको हो । अपहरणमा परेकी ती बालिकालाई भारततर्फ लगेको हुनसक्ने आशंकामा प्रहरीले भारतीय प्रहरीसँग समन्वय गरिरहेपनि सुनसरीतर्फ नै पर्ने सप्तकोसी पुलबाट पक्राउ गरेको एसपी तिम्सिनाले जानकारी दिए ।

खासगरी बालिका अपहरणमा परेको सूचना आएपछि प्रहरीले विभिन्न कोणबाट अनुसन्धान सुरू गरेको थियो ।

‘बालिका अपहरणमा परेको सूचना आएपछि हामीले सिसिटिभी फुटेज हेरेर खोजीलाई तीव्र बनाएका थियौँ,’ एसपी तिम्सिना भन्छन्, ‘पक्राउ परेका साहले यसअघि पनि नेपाल र भारत दुवै देशमा चोरी गर्ने र बालबालिकालाई अपहरण गर्ने प्रारम्भिक अनुसन्धानबाट देखिन्छ ।’

खासगरी साह भारतमै बसोबास गर्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनलाई बिहीबार जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी विभिन्न कोणबाट अनुसन्धान जारी राखेको एसपी तिम्सिनाले बताए ।

Tags: #पक्राउ#सुनसरीअपहरण
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरीमा मध्यराति विद्युत प्राधिकरणको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु
FEATURE BREAKING

इटहरीमा मध्यराति विद्युत प्राधिकरणको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

by टाकुरा न्यूज । इटहरी
असार ३०, २०८३
0

इटहरी : इटहरीमा नेपाल विद्युत प्राधिकरण धरान वितरण केन्द्रको स्कोरपिओ दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ भने एक...

कोशी प्रदेश सञ्चार प्रतिष्ठानको अध्यक्षमा दीपक दाहाल रजिस्ट्रारमा लीलाराज भट्टराई
FEATURE BREAKING

कोशी प्रदेश सञ्चार प्रतिष्ठानको अध्यक्षमा दीपक दाहाल रजिस्ट्रारमा लीलाराज भट्टराई

by टाकुरा न्यूज । इटहरी
असार २९, २०८३
0

इटहरी : कोशी प्रदेश सरकारले प्रदेश सञ्चार प्रतिष्ठान गठन गर्दै अध्यक्ष, प्रदेश प्रेस रजिस्ट्रार तथा सदस्यहरू नियुक्त गरेको छ। सोमबार...

मेची राजमार्ग अवरुद्ध, इलाम–पाँचथर–ताप्लेजुङको झापासँग सडक सम्पर्क विच्छेद

मेची राजमार्ग अवरुद्ध, इलाम–पाँचथर–ताप्लेजुङको झापासँग सडक सम्पर्क विच्छेद

असार २९, २०८३
वर्षौंदेखि भाडामा चलिरहेका सटरमा चल्यो डोजर, कोशी अस्पतालको जग्गा फिर्ता

वर्षौंदेखि भाडामा चलिरहेका सटरमा चल्यो डोजर, कोशी अस्पतालको जग्गा फिर्ता

असार २९, २०८३
इलामका किसानको सफलता : ड्रागन फलखेतीबाट वार्षिक १२ लाख आम्दानी

इलामका किसानको सफलता : ड्रागन फलखेतीबाट वार्षिक १२ लाख आम्दानी

असार २९, २०८३
ठेकेदारको ढिलाइले खोटाङका दुई सडकको कालोपत्रे अधुरै

ठेकेदारको ढिलाइले खोटाङका दुई सडकको कालोपत्रे अधुरै

असार २९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा मध्यराति विद्युत प्राधिकरणको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

इटहरीमा मध्यराति विद्युत प्राधिकरणको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

असार ३०, २०८३
कोशी प्रदेश सञ्चार प्रतिष्ठानको अध्यक्षमा दीपक दाहाल रजिस्ट्रारमा लीलाराज भट्टराई

कोशी प्रदेश सञ्चार प्रतिष्ठानको अध्यक्षमा दीपक दाहाल रजिस्ट्रारमा लीलाराज भट्टराई

असार २९, २०८३
मेची राजमार्ग अवरुद्ध, इलाम–पाँचथर–ताप्लेजुङको झापासँग सडक सम्पर्क विच्छेद

मेची राजमार्ग अवरुद्ध, इलाम–पाँचथर–ताप्लेजुङको झापासँग सडक सम्पर्क विच्छेद

असार २९, २०८३
वर्षौंदेखि भाडामा चलिरहेका सटरमा चल्यो डोजर, कोशी अस्पतालको जग्गा फिर्ता

वर्षौंदेखि भाडामा चलिरहेका सटरमा चल्यो डोजर, कोशी अस्पतालको जग्गा फिर्ता

असार २९, २०८३

लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    765 shares
    Share 306 Tweet 191
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    597 shares
    Share 239 Tweet 149
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    457 shares
    Share 183 Tweet 114
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    405 shares
    Share 162 Tweet 101
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    385 shares
    Share 154 Tweet 96

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.