Monday, April 27, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

‘केही सहकारीका कारण समग्र सहकारी आन्दोलन नै बदनाम भएको छ’ : मेयर कोइराला

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ ७, २०८२
in विविध, समाचार
0
‘केही सहकारीका कारण समग्र सहकारी आन्दोलन नै बदनाम भएको छ’ : मेयर कोइराला
61
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले केही सहकारीका कारण समग्र सहकारी आन्दोलन नै बदनाम भएको बताएका छन् ।

सहकारी संस्थाका अध्यक्ष र व्यवस्थापक माझ चौमासिक अन्तरक्रिया कार्यक्रम तथा नेपाल लेखा मापदण्ड (एनएएस) सम्बन्धी तालिमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले मुलुकका अन्य ठाउँमा मात्रै होइन विराटनगरमा पनि धेरै राम्रा सहकारी भएको बताए ।

उनले सबै सहकारीलाई एउटै डालोमा राखेर हेर्न नहुनेमा जोड दिए ।

‘सहकारीको मर्म र भावनाअनुसार सञ्चालित थुप्रै सहकारीहरू छन् । उनीहरूले बचतकर्ता र ऋणी दुवैलाई सेवा प्रवाह गरिरहेका छन्,’ उनले भने, ‘तर केही सहकारीका कारण उनीहरू सबैको बदनाम भइरहेको छ ।’

मेयर कोइरालाले सहकारीहरूबीच असल कार्य गर्ने विषयमा प्रतिस्पर्धा हुनु आवश्यक रहेको औंल्याए ।

‘सहकारीहरूमा असल अभ्यास पनि भएका छन्,’ कोइरालाले भने, ‘राम्रो अभ्यास र काम गर्ने सहकारीबाट अन्य सहकारीले पनि पाठ सिक्नुपर्छ ।’

विराटनगरमै पनि उत्कृष्ट सहकारीहरू सञ्चालनमा रहेको उनको भनाइ छ ।

प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेलले विराटनगरभित्रका सहकारीलाई अझै व्यवस्थित बनाउन आवश्यक रहेको बताए । उनले सहकारीलाई प्रविधिमैत्री बनाउँदै पारदर्शी र व्यवस्थित बनाउनुपर्नेमा जोड दिए ।

वडा नम्बर १९ का अध्यक्षसमेत रहेका सामाजिक विकास समितिका संयोजक श्याम घिमिरेले महानगरले सहकारीलाई व्यवस्थित र पारदर्शी तथा जवाफदेही बनाउन बेला–बेला अनुगमन गर्ने गरेको सुनाए । उनले गलत गर्ने सहकारीलाई कारबाहीसमेत गर्ने गरेको उल्लेख गरे ।

कार्यक्रममा प्रदेश सहकारी रजिष्टार कार्यालयका हरिबहादुर खत्री, महानगरको आर्थिक विकास महाशाखा प्रमुख प्रतीक गड्तौलालगायतले सहकारीको कारोबारलाई पारदर्शी र व्यवस्थित बनाउनुपर्नेमा जोड दिएका थिए ।

अन्तरक्रियापछि आयोजित नेपाल लेखा मापदण्ड (एनएएस) सम्बन्धी प्रशिक्षणसमेत आयोजना गरिएको थियो । प्रशिक्षार्थीहरूलाई सीए सुरज तिम्सिनाले सहजीकरण गरे ।

सहकारी शाखाकी प्रमुख चाँदनी राईका अनुसार महानगरको क्षेत्राधिकारभित्र एक सय ७२ वटा सहकारी सञ्चालनमा रहेका छन् ।

त्यसमध्ये हालसम्म ६१ वटाको अनुगमन, १२५ वटा सहकारीले नियमित वित्तीय वितरण बुझाएको, एक सय १० वटा सहकारीले शेयर सदस्यहरूको विवरण पठाएको राईले जानकारी दिए ।

त्यस्तै एक सय १७ वटा सहकारीले साधारणसभाको प्रतिवेदन बुझाएका छन् । व्यवस्थापन सूचना प्रणाली (कोकोमिस) मार्फत सहकारीको कारोबारलाई व्यवस्थित बनाउने भइरहेको उनले बताए ।

 

Tags: #विराटनगर#सहकारीनागेश कोइरालाविराटनगर महानगरपालिका
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

भोजपुर–चखेवा सडक : २४ घण्टापछि आंशिक रूपमा सञ्चालन
समाचार

भोजपुर–चखेवा सडक : २४ घण्टापछि आंशिक रूपमा सञ्चालन

by टाकुरा न्यूज । इटहरी
बैशाख १३, २०८३
0

भोजपुर : अविरल वर्षाका कारण अवरुद्ध बनेको मध्य पहाडी लोकमार्ग अन्तर्गत भोजपुर–चखेवा–दिक्तेल हुँदै काठमाडौं जाने सडक खण्ड एकतर्फी रूपमा सञ्चालनमा आएको...

नौ महिनामा पूर्वी नाकाबाट सात हजार ६४२ पर्यटक भित्रिए
भिजिट नेपाल

नौ महिनामा पूर्वी नाकाबाट सात हजार ६४२ पर्यटक भित्रिए

by रासस
बैशाख १३, २०८३
0

झापा : पूर्वीनाका काँकडभिट्टाबाट विभिन्न देशका सात हजार ६४२ पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालयका अनुसार चालु आर्थिक वर्ष...

नयाँ वर्षमा चौरी महोत्सव हुँदै

बर्सेनि बढ्छन् पर्यटक, विद्युत् र इन्टरनेट समस्याले असहज

बैशाख १३, २०८३
इटहरीमा ठूलो परिमाणको लागूऔषधसहित एक युवक पक्राउ 

इटहरीमा ठूलो परिमाणको लागूऔषधसहित एक युवक पक्राउ 

बैशाख १३, २०८३
इटहरी निवासी अधिकारीको नियात्रा सार्वजनिक 

इटहरी निवासी अधिकारीको नियात्रा सार्वजनिक 

बैशाख १२, २०८३
इटहरीकी एक महिलाले दुई छोरी र एक छोरासहित सप्तकोसीमा हाम्फाल्न लाग्दा प्रहरीद्वारा उद्वार

सुनसरीमा ब्राउनसुगरसहित एक जना पक्राउ

बैशाख १२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

भोजपुर–चखेवा सडक : २४ घण्टापछि आंशिक रूपमा सञ्चालन

भोजपुर–चखेवा सडक : २४ घण्टापछि आंशिक रूपमा सञ्चालन

बैशाख १३, २०८३
नौ महिनामा पूर्वी नाकाबाट सात हजार ६४२ पर्यटक भित्रिए

नौ महिनामा पूर्वी नाकाबाट सात हजार ६४२ पर्यटक भित्रिए

बैशाख १३, २०८३
नयाँ वर्षमा चौरी महोत्सव हुँदै

बर्सेनि बढ्छन् पर्यटक, विद्युत् र इन्टरनेट समस्याले असहज

बैशाख १३, २०८३
इटहरीमा ठूलो परिमाणको लागूऔषधसहित एक युवक पक्राउ 

इटहरीमा ठूलो परिमाणको लागूऔषधसहित एक युवक पक्राउ 

बैशाख १३, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1432 shares
    Share 573 Tweet 358
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    643 shares
    Share 257 Tweet 161
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    467 shares
    Share 187 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    386 shares
    Share 154 Tweet 97
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    377 shares
    Share 151 Tweet 94

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.