धरान : धरान उपमहानगरपालिका वडा नं. ८ र ११ बाट प्रतिबन्धित लागूऔषधसहित ६ जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा धरान ११ का १८ वर्षीय आशिष तामाङ, धरान ८ का २३ वर्षीय अनिल लिम्बू, १८ वर्षीय अनिल मगर, धरान १७ का २२ वर्षीय राजकुमार राई, २८ वर्षीय अनिल मगर र धरान १९ का १८ बर्षीय अनिष मगर रहेका छन् ।
वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट प्रतिबन्धित लागूऔषध ट्रामोल ७९५ क्याप्सुल र कोलिवान ७८५ पिस फेला पारेको थियो ।
लागूऔषधसहित पक्राउ परेका ६ जनाको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post