Tuesday, September 15, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

मोरङको कटहरीमा रहेको जीवन विकास सामुदायिक अस्पताल प्रधानमन्त्रीद्धारा उद्घाटन

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ २४, २०८२
in समाचार
0
मोरङको कटहरीमा रहेको जीवन विकास सामुदायिक अस्पताल प्रधानमन्त्रीद्धारा उद्घाटन
84
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङको कटहरी–२ मा रहेको जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसनको उद्घाटन गरेका छन् ।

जीवन विकास समाजका संस्थापक तथा मोरङ क्षेत्र नम्बर ५ का सांसद योगेन्द्र मण्डलको अगुवाईमा मोरङको कटहरी गाउँपालिका–२ हल्दीबारीमा निर्माण भएको दुई बेड क्षमताको जीवन विकास सामुदायिक अस्पताल शनिबार प्रधानमन्त्री ओलीले उद्घाटन गरेका हुन् ।

सामाजिक व्यवसायको अवधारणामा मुनाफा वितरण नगर्ने संस्थाको रूपमा अस्पताल सञ्चालनमा ल्याएको अस्पतालका अध्यक्षसमेत रहेका सांसद मण्डलले जानकारी दिए । उनले अस्पतालले सहुलीयत दरमा नागरिकलाई सेवा प्रवाह गर्ने बताए ।

उनका अनुसार जुनसकै लघुवित्तका सदस्यहरूले जीवन विकास अस्पतालमा सहुलियत दरमा स्वास्थ्य सेवा पाउनेछन् । २५ वर्षअघि देखेको अस्पताल सञ्चालन गर्ने सपना आज पूरा गर्न पाउँदा हर्सित भएको उनले बताए ।

उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले इच्छाशक्ति भए काम गर्न सकिन्छ भन्ने उदारण सांसद मण्डलले दिएको बताए ।

‘विकास अभियान्ताले, जागरण अभियान्ताले कस्तो काम गर्न सक्दा रहेछन् भन्ने नमुना जीवन विकास सामुदायिक अस्पताल बनेको छ,’उनले भने,‘यतै धेरै काम सरकारको प्रयास बिना पनि, व्यक्तीगत र सामुदायिक प्रयासले हुन सक्दा रहेछन् उपयुक्त ढंगको लिडरसीप भयो भने ।’

जीवन विकास अस्पतालले बिरामीलाई सस्तो सेवा प्रवाह गर्नेमा आफू विश्वस्त रहेको उनले बताए ।

‘उपचार गर्ने कुरालाई प्राथमिकतामा राखेर जसरी अघि बढेको छ, यो चुनौतिपूर्ण काम हो,’उनले भने,‘इन्सुरेन्स नभइकन सम्पन्न भन्दा सम्पन्न देशले पनि गर्न सक्दैनन, तर यस अस्पतालले कुनै पनि विरामीलाई पैसा नभएपनि फर्कन दिन्न भन्ने जुन अठोट गरेको छ, यो दुनियामा बहुत थोरै अस्पतालले मात्रै गर्छन् ।’

अस्पतालले विपन्न र कमजोर अवस्था भएका समुदायलाई स्वास्थ्य सेवामा सहज पहुँच दिने विश्वास पनि उनले व्यक्त गरे ।

दुई सय बेड क्षमतामा सञ्चालित अस्पताललाई विस्तार गर्दै लैजाने अस्पताल सञ्चालक समिति सदस्य एवं जीवन विकास लघुवित्त वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिककृत संजयकुमार मण्डलले बताए ।

‘जीवन विकास समाजले लघुवित्त सेवा प्रदान गर्दा सरप्ल्स भएको बचत फेरि तपाईहरुलाई नै फर्काएका छौं,’ उनले भने,‘२५ वर्षअघि माननीय योगेन्द्र मण्डलले देख्नु भएको सपना आज साकार भएको छ ।’ उनका अनुसार एउटा कोठाबाट सुरु भएको २४ घण्टे क्लिनिकको विकसित रूप आजको अस्पताल भएको बताए ।

२०५४ सालमा गरिबीरहित नेपालको परिकल्पनासहित स्थापना भएको जीवन विकास समाजले ग्रामीण क्षेत्र तथा विपन्न वर्गको जीवनस्तर उकास्नका लागि लघुवित्त सेवा, शिक्षा, स्वास्थ्य, कृषि र रोजगारी सृजनाको क्षेत्रमा काम गर्दै आएको छ ।

Tags: #केपी ओली#मोरङकेपी शर्मा ओलीजीवन विकास
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

बेलकाका पहिरो पीडितलाई राहत
FEATURE BREAKING

बेलकाका पहिरो पीडितलाई राहत

by माधव पोख्रेल
भदौ ३०, २०८३
0

उदयपुर । अविरल वर्षासँगै आएको बाढी र पहिरोबाट प्रभावित उदयपुरको बेलका नगरपालिका–८ आहालेका विपद् पीडित परिवारलाई अस्थायी आवाससहित राहत सामग्री...

घुससहित पक्राउ परेका वन अधिकृतविरुद्ध मुद्दा दर्ता
FEATURE BREAKING

घुससहित पक्राउ परेका वन अधिकृतविरुद्ध मुद्दा दर्ता

by माधव पोख्रेल
भदौ ३०, २०८३
0

उदयपुर । डिभिजन वन कार्यालय, उदयपुरका योजना शाखा प्रमुख भुवन पौडेलविरुद्ध घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा...

सुन्तला खेतीको उर्वर क्षेत्र झ्याउ पोखरी

सुन्तला खेतीको उर्वर क्षेत्र झ्याउ पोखरी

भदौ २९, २०८३
अख्तियारले ‘स्टिङ अप्रेसन’लाई निरन्तरता दिने 

काम अल्झाएर १५ हजार घुस, वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

भदौ २९, २०८३
झापामा चालकको लापरबाहीले बढ्यो सवारी दुर्घटना

कन्काइ पुल अधुरै छाड्ने ठेकेदारबाट १ अर्ब ९९ करोड असुलिँदै

भदौ २९, २०८३
सुनसरीमा भन्सार छलीको कपडा बरामद

सुनसरीमा भन्सार छलीको कपडा बरामद

भदौ २९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

बेलकाका पहिरो पीडितलाई राहत

बेलकाका पहिरो पीडितलाई राहत

भदौ ३०, २०८३
घुससहित पक्राउ परेका वन अधिकृतविरुद्ध मुद्दा दर्ता

घुससहित पक्राउ परेका वन अधिकृतविरुद्ध मुद्दा दर्ता

भदौ ३०, २०८३
सुन्तला खेतीको उर्वर क्षेत्र झ्याउ पोखरी

सुन्तला खेतीको उर्वर क्षेत्र झ्याउ पोखरी

भदौ २९, २०८३
अख्तियारले ‘स्टिङ अप्रेसन’लाई निरन्तरता दिने 

काम अल्झाएर १५ हजार घुस, वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

भदौ २९, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    917 shares
    Share 367 Tweet 229
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    751 shares
    Share 300 Tweet 188
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    352 shares
    Share 141 Tweet 88
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    293 shares
    Share 117 Tweet 73
  • इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

    270 shares
    Share 108 Tweet 68

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.