पाँचथर : पाँचथरको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज भाचिँदा एक जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन्।
मेची राजमार्गअन्तर्गत रहेको सो स्थानमा गत वर्षको बाढीले पुरानो पुल बगाएपछि अस्थायी बेलिब्रिज निर्माण सुरु गरिएको थियो। शनिबार अपरान्ह पुल जडानको अन्तिम चरणमा रहँदा अचानक भाँचिएको हो।
पुल निर्माणमा खटिएका मजदुर दुर्घटनामा गम्भीर घाइते भएका छन्।
पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार घाइतेहरूलाई तत्काल उपचारका लागि अस्पताल पठाइएको छ।
उनका अनुसार दुर्घटनाको कारण अझै खुलेको छैन र विस्तृत जानकारी संकलन भइरहेको छ। प्रहरी स्रोतले घटनामा मृत्युको औपचारिक पुष्टि गर्न बाँकी रहेको जनाएको छ।
दुर्घटनाको बारेमा प्राविधिक अध्ययनका लागि सम्बन्धित निकायले अनुसन्धान सुरु गरेको बताइएको छ।














Discussion about this post