धरान : धरान उपमहानगरपालिका–५ देउरालीबाट ठूलो परिमाणमा प्रतिबन्धित तथा नियन्त्रित लागूऔषधसहित एक जना पक्राउ परेका छन्।
विशेष सूचनाको आधारमा गएराति इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले धरान–५ झर्नाचोकस्थित डेरामा बस्दै आएका मुन्सन राईको कोठामा खानतलासी गर्दा लागूऔषध लुकाइछिपाई राखिएको अवस्थामा फेला परेको हो।
प्रहरीका अनुसार राईको कोठाबाट झोलाभित्र लुकाइएको अवस्थामा ८ हजार ८ सय ७६ क्याप्सुल ट्रामाडोल, ७ हजार ८ सय ९० ट्याब्लेट मेफेनिक स्पास, २० ट्याब्लेट नाईट्राजेपाम, २ सय ९५ ट्याब्लेट स्पारेट र ३ सय १२ ट्याब्लेट कोलिवन बरामद गरिएको छ।
उक्त औषधीहरू प्रतिबन्धित तथा नियन्त्रित वर्गमा पर्ने भएकाले राईलाई नियन्त्रणमा लिई लागूऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।
सुनसरी प्रहरीकाअनुसार धरान क्षेत्रमा लागूऔषध कारोबारविरुद्ध पछिल्लो समय निगरानीलाई निरन्तरता दिइएको छ ।













Discussion about this post