धरान : धरान उपमहानगरपालिका–१५ स्थितबाट लागूऔषध ब्राउनसुगरसहित दुई युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
अस्थायी प्रहरी पोष्ट बरगाछीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा पक्राउ गरेको हो।
पक्राउ पर्नेमा खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ घर भई हाल धरान–१५ विशालचोकमा बस्दै आएका २६ वर्षीय दिवश राई र धरान–१५ महादेवचोक निवासी २९ वर्षीय विशन श्रेष्ठ रहेका छन्।
प्रहरीका अनुसार चेकजाँचको क्रममा उनीहरूको साथबाट ब्राउनसुगर ०.४६० ग्राम (चार सय साठी मिलिग्राम) बरामद भएको थियो। पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।













Discussion about this post