बराहक्षेत्र : सुनसरीको बराहक्षेत्र नगरपालिका–३, नडाहा चोकमा ठूलो मात्रामा लागूऔषध गाँजासहित एक भारतीय नम्बर प्लेटको कार फेला परेको छ।
गएराति २ः१० बजेतिर लागूऔषध ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा अस्थायी प्रहरी चौकी चतराबाट खटिएको प्रहरी टोली र सशस्त्र प्रहरी बेस क्याम्प चतराको संयुक्त टोलीले चेकजाँच गर्दा उक्त लागूऔषध बरामद भएको हो।
धरानबाट नडाहातर्फ आइरहेको एमएच ०२ बीपी ९७४२ भारतीय नम्बर प्लेटको सुजुकी कम्पनीको कारले प्रहरी टोलीलाई देखेपछि सडकमै रोकेर चालकसहित दुई जना व्यक्ति फरार भएका थिए।
प्रहरी टोलीले कार जाँच गर्दा डिक्की भित्र लुकाएर राखिएको अवस्थामा कालो प्लास्टिकका ५ पोका र जेब्रा झोलामा राखिएको ३ पोका, गरी जम्मा ८ वटा पोका फेला पारेको थियो।
ती पोकाहरूमा करिब १६२ केजी गाँजा फेला परेको प्रहरीले जनाएको छ।
उक्त कार र गाँजालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको र फरार व्यक्तिहरूको खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ।














Discussion about this post