Saturday, July 18, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

तेह्रथुमको लालीगुराँसमा विद्यालय मर्जको विरोध चुलियो : अभिभावक र विद्यार्थी आन्दोलित, मेयर भन्छन् – ‘पुनर्विचार गरिन्छ’

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन ७, २०८२
in टाकुरा विशेष, समाचार
0
तेह्रथुमको लालीगुराँसमा विद्यालय मर्जको विरोध चुलियो : अभिभावक र विद्यार्थी आन्दोलित, मेयर भन्छन् – ‘पुनर्विचार गरिन्छ’
230
SHARES
Share on FacebookShare on Twitter

तेह्रथुम : तेह्रथुमको लालीगुराँस नगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूमा कक्षा ११ को भर्ना रोक्ने निर्णयपछि अभिभावक र विद्यार्थी आन्दोलित बनेका छन्। नगरपालिका कार्यपालिका बैठकको निर्णयविरुद्ध आन्दोलन चर्कँदै गएको हो।

२६ असारमा बसेको कार्यपालिका बैठकले सिंहदेवी माध्यमिक विद्यालयसहित तीन विद्यालयमा कक्षा ११ को नयाँ भर्ना रोक्ने निर्णय गरेपछि स्थानीयहरूले आपत्ति जनाएका हुन्।

पालिकाले सबै विद्यालय मर्ज गर्ने भनिए पनि केही विद्यालय मात्र भर्ना नलिनु अन्यायपूर्ण र पक्षपातपूर्ण गरेको अभिभावकहरूको आरोप छ।

स्थानीय अभिभावक तथा पूर्वविद्यार्थी ज्ञानु तिम्सिनाले पालिकाले गरेको निर्णय सच्याउनका लागि कार्यालय घेराउ र धर्नामा जानुपरेको बताए। ‘साउन ४ गतेको शान्तिपूर्ण धर्नामा समेत प्रहरीबाट लाठीचार्ज भयो,’ उनले भने।

पालिकाले वसन्त माध्यमिक विद्यालय (वडा २) र रत्न माध्यमिक विद्यालय (वडा ८) लाई मात्र कक्षा ११ र १२ का लागि तोक्ने निर्णय गर्ने भनिएपनि तीन वटा विद्यालयलाई मात्रै भर्ना नलिनु भनेको र अन्य पाँच विद्यालयहरूमा अध्यापन यथावत् रहेको उनले बताए ।

पूर्वविद्यार्थी विपिन लिम्बू भन्छन्, ‘सिंहदेवी माविमा भौतिक संरचना, विद्यार्थी संख्या र शैक्षिक गुणस्तर राम्रो छ। यस्तो विद्यालयलाई किन लक्षित गरियो ?’

नगरप्रमुख अर्जुन माबोहाङका अनुसार, विद्यालय व्यवस्थापन, शिक्षक दरबन्दी, विद्यार्थी–शिक्षक अनुपात र महालेखापरीक्षकको सुझावका आधारमा मर्ज गरिएको हो। उनले भने, ‘सरकारले १५ हजार विद्यालय मर्ज गर्ने नीति ल्याएको छ, हामी त्यसैको पालना गर्दैछौं।’

तर, माबोहाङले आन्दोलनप्रति संवेदनशीलता देखाउँदै साउन १० गते पुनः कार्यपालिका बैठक बस्ने र आवश्यक परे निर्णय पुनर्विचार गर्ने आश्वासन दिएका छन्। “जबरजस्ती गर्न मिल्दैन, स्थानीयको भावना समेटेर निर्णय गर्नेछौं । पुनर्विचार गर्ने भनेका छौँ,” उनले भने।

तीनजुरे मावि, सिंहदेवी मावि, श्री मान् स्मारक मावि जस्ता विद्यालयका अभिभावकहरू पालिकाको एकल निर्णयप्रति गुनासो गरिरहेका छन्। उनीहरूका अनुसार, निर्णय स्थानीय शिक्षा ऐनको मापदण्डविपरीत भएको छ।

हाल लालीगुराँस नगरपालिकाका नौ वडामध्ये सात वडामा कक्षा ११ र १२ सम्म अध्यापन हुँदै आएको थियो।

अब साउन १० गतेको बैठकपछि मात्रै आन्दोलनले कस्तो मोड लिन्छ भन्ने प्रष्ट हुने बताइएको छ।

नगरप्रमुख मावोहाङद्वारा हस्ताक्षरित सूचनाअनुसार विद्यालय व्यवस्थापन तथा विद्यार्थी संख्या, शिक्षकको व्यवस्थापन, र गुणस्तर सुनिश्चित गर्न यस्तो निर्णय गरिएको उल्लेख छ।

‘शिक्षक र विद्यार्थी संख्याको अनुपातमा विद्यालयहरु सञ्चालन गर्नुपर्ने नीतिगत व्यवस्था रहेको छ। शिक्षक र विद्यार्थी संख्याको अनुपात सम्बन्धी नीतिगत व्यवस्था बमोजिम विद्यालय सञ्चालनमा ल्याउन नसक्दा प्रत्येक वर्ष महालेखापरीक्षकको कार्यालयबाट हुने अन्तिम लेखापरीक्षण प्रतिवेदन समेतले लालीगुराँस नगरपालिकालाई नीतिगत व्यवस्था बमोजिम विद्यालय सञ्चालन गर्न सुझाव उपलब्ध गराउने गरेको छ,’ सूचनामा भनिएको छ, ‘नीतिगत व्यवस्थाको विपरीत गई विद्यालय सञ्चालन गर्दा विषयगत दरवन्दी वमोजिमको शिक्षक कक्षा ११ र कक्षा १२ सञ्चालन भएका सबै विद्यालयलाई उपलब्ध गराउन सकिएको छैन। जसका कारण हाम्रा विद्यार्थी भाइबहिनीहरु दिनप्रतिदिन गुणस्तीय शिक्षा पाउने हकबाट वञ्चित हुँदै गइरहनु भएको छ।’

जसअनुसार वसन्त माध्यमिक विद्यालय, २ नं. वडा र श्री रत्न माध्यमिक विद्यालय, ८ नं. वडामा चालु शैक्षिक सत्रदेखि कक्षा ११ र कक्षा १२ का विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउन विषयगत दरबन्दीसहितको शिक्षक व्यवस्थापन गरी पठनपाठन सुचारु गर्ने, भौगोलिक दुरीबाट टाढा रहेका सि.नं. (१) मा उल्लिखित विद्यालयहरूमा कक्षा ११ मा अध्ययन गर्न चाहने नगर क्षेत्रभित्रका विद्यार्थीहरुलाई खाने बस्ने सुविधा, भर्ना शुल्क, मासिक शुल्क लालीगुराँस नगरपालिकाको तर्फवाट व्योहोरिने सूचनामा उल्लेख छ।

यसैगरी चालु शैक्षिक सत्रमा वडा नं. ३ मुसाङ्गेलमा रहेको श्री मान् स्मारक शिक्षा निकेतन माध्यमिक विद्यालय, ७ नं. वडा फिर्केमा रहेको श्री तीनजुरे माध्यमिक विद्यालय र श्री ६ नं. वडा मंगलबारेमा रहेको सिंहदेवी माध्यमिक विद्यालयलाई कक्षा ११ मा नयाँ भर्ना नलिनका लागि कार्यपालिकाको बैठकमा निर्णय भएको सूचना जारी भएपछि आन्दोलनमा उत्रन बाध्य भएको अभिभावकहरूको भनाइ छ।

Tags: #तेह्रथुमटाकुरा विशेषविद्यालय
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
समाचार

झापामा कारको ठक्करबाट मोरङका दुई मजदुरको मृत्यु

by टाकुरा न्यूज । इटहरी
साउन २, २०८३
0

झापा : हुलाकी राजमार्गमा भएको सवारी दुर्घटनाले मोरङको एउटै गाउँका दुई परिवार शोकमा डुबेका छन्। झापाको गौरीगन्ज–२ कृष्ण खोला नजिक...

इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’
FEATURE BREAKING

इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

by टाकुरा न्यूज । इटहरी
साउन २, २०८३
0

इटहरी : काठमाडौंस्थित इस्लिङ्टन कलेजको नाट्यगृहमा सफलतापूर्वक मञ्चन भई दर्शकबाट उत्कृष्ट प्रतिक्रिया बटुलेको नाटक ‘पापशाला’ अब इटहरीमा मञ्चन हुने भएको...

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

साउन १, २०८३
एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

साउन १, २०८३
पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरीमा राजस्व सेवा सात दिन पूर्ण बन्द

साउन १, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

साउन १, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा कारको ठक्करबाट मोरङका दुई मजदुरको मृत्यु

साउन २, २०८३
इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

साउन २, २०८३
नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

साउन १, २०८३
एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

साउन १, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1012 shares
    Share 405 Tweet 253
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    766 shares
    Share 306 Tweet 192
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    598 shares
    Share 239 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    463 shares
    Share 185 Tweet 116
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    407 shares
    Share 163 Tweet 102

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.