धरान : लागूऔषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा धरान उपमहानगरपालिका १५ मा प्रहरीले छापा मारी दुई जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोष्ट बरगाछीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले धरान १५ निवासी ३६ वर्षीय हेमबहादुर तामाङ र धनकुटा घर भई हाल धरान १६ मा बसोबास गर्दै आएका २८ वर्षीय मिलन थापा मगरलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका तामाङ हाल धरान–५, एभरेष्ट लाइनस्थित कोठा भाडामा बस्दै आएका छन् ।
प्रहरीले सो कोठामा खानतलासी गर्दा ट्रामोल २,९१० क्याप्सुल र डिकोलिक २,९५० ट्याबलेट फेला पारेको जनाएको छ ।
उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय धरानमा ल्याइएको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।













Discussion about this post