उदयपुर : उदयपुरको बेलका नगरपालिका–२, जगना खोलाको किनारबाट प्रहरीले ठूलो परिमाणमा गाँजासहित कार नियन्त्रणमा लिएको छ।
भदौ २ गते विशेष सूचनाको आधारमा प्रहरी चौकी भागलपुर र प्रहरी चौकी बसाहा उदयपुरबाट गस्तीमा खटिएको टोलीले बा २१ च १८११ नम्बरको कार बेवारिसे अवस्थामा भेट्टाएको हो।
कारभित्र २ बोरा र खोलाकिनारमै ७ बोरा गरी २ सय ४० किलोग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ।
गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरूको खोजतलास इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट भइरहेको प्रहरीले जनाएको छ।
यसैगरी, सुनसरीको अस्थायी प्रहरी चौकी बरगाछीले धरान उपमहानगरपालिका–१७ का २२ वर्षीय मौसम राई र योगेन राईलाई लागूऔषधसहित पक्राउ गरेको छ।
उनीहरूलाई ट्रामाडोल १०७ क्याप्सुल र डिकोलिक १०८ ट्याब्लेटसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।














Discussion about this post