इटहरी : पूर्वप्रधानन्यायाधीश सुशीला कार्की आज (शुक्रबार) राति ९ बजे प्रधानमन्त्रीको शपथ लिन लागेकी छन्।
शुक्रबार दिनभर चलेको राजनीतिक छलफलपछि प्रतिनिधिसभा विघटन गर्ने सहमति जुटेको राष्ट्रपतिको कार्यालय निकट स्रोतले जनाएको छ। संसद् विघटनपछि कार्कीलाई प्रधानमन्त्रीको शपथ दिलाउने निर्णय भएको हो।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेल संसद् विघटनको विपक्षमा थिए भने कार्कीले पनि संसद् विघटन नभएसम्म सरकार नसम्हाल्ने अडान लिएकी थिइन्।














Discussion about this post