धरानमा आज ४ महिने शिशुसहित थप तीन जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत नर्सकी ४ महिने छोरी, धरान ११ का ८५ वर्षीय पुरुष र धरान ११ ठेगाना लेखिएको अहिलेसम्म सम्पर्कमा नआएका एक ३७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले जानकारी दिए ।











Discussion about this post