इटहरी : इटहरीमा ‘जेनजी विद्रोहपछिको नेपाली समाज’ विषयक बहस कार्यक्रम सम्पन्न भएको छ।
पेसागत महासंघ सुनसरीद्वारा शुक्रबार आयोजित कार्यक्रममा प्रा. डा. बद्रीविशाल पोखरेल, डा. दिवाकर रेग्मी र प्रकाश राई वक्ता रहेका थिए। कार्यक्रमलाई प्रज्वल पराजुलीले सहजीकरण गरे।
कार्यक्रममा बोल्दै राईले देशका युवाहरू निराश र असुरक्षित बन्दै गएको बताउँदै भने, ‘एउटा सक्कल दर्जाको, हजार सपना बोकेको युवक किन दुव्र्यसनमा फस्छ ? राम्रो गर्छु, उन्नति गर्छु भन्ने मानिसलाई राज्य र समाजले स्पेस दिदैन।’
डा. रेग्मीले रोजगारी र आर्थिक अवसरका विषयमा बोल्दै भने, ‘हामी अझै भूमि आयोगमै अड्कियौँ, रोजगारी आयोगबारे सोचेनौँ। जसले नेपालमै व्यवसाय गर्न चाहन्छ, उसको कमाइलाई विदेशको कमाइसँग तुलना गर्यौँ, दीगो रोजगारी दिन सकेनौँ। त्यसैले निराशा छायो।’
प्रा. डा. पोखरेलले मानिसमा ऊर्जा, क्षमता र आँट भए परिवर्तन सम्भव हुने उल्लेख गर्दै युवापुस्तामा सकारात्मक सोच र आत्मविश्वास बढाउन आवश्यक रहेको बताए।
पेसागत महासंघ सुनसरीका अध्यक्ष राजन ढकालको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीहरूले जिज्ञासासमेत राखेका थिए ।
कार्यक्रमबारे भिडिओहरू हेर्नका लागि तलको लिंक क्लिक गर्नुहोस् –












Discussion about this post