धरान : धरान उपमहानगरपालिका–११ मा लागूऔषध कारोबार भइरहेको विशेष सूचनाको आधारमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले स्थानीय विकास परियारको घरमा खानतलासी गर्दा डिकोलिक–५०० र ट्रमाडोल–५०० ट्याब्लेट फेला पारेको हो ।
प्रहरीले लागूऔषधसहित धरान–११ का ३१ वर्षीय विकास परियार, सोही स्थानका २२ वर्षीय विजय परियार र धरान–१७ का ३६ वर्षीय इन्द्र राईलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको जनाएको छ ।













Discussion about this post