इटहरी : लागूऔषध ओसारपसार तथा कारोबार भइरहेको विशेष सूचनाको आधारमा प्रहरीले इनरुवाबाट एक जनालाई लागूऔषधसहित नियन्त्रणमा लिएको छ।
इनरुवा नगरपालिका–४ बसचौक क्षेत्रमा खटिएको जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी चौकी बसपार्क इनरुवाको संयुक्त टोलीले पैदल यात्रामा रहेका एक व्यक्तिलाई चेकजाँच गर्ने क्रममा ब्राउनसुगर बरामद गरेको हो।
पक्राउ पर्नेमा संखुवासभाको धर्मदेव नगरपालिका–४ बस्ने ३७ वर्षीय ओमनाथ घिमिरे रहेका छन्।
उनलाई कानून बमोजिम खानतलासी गर्दा साथबाट ब्राउनसुगर २.३६ ग्राम लागूऔषध फेला परेको प्रहरीले जनाएको छ।
घिमिरेलाई बरामद लागूऔषधसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



















Discussion about this post