इटहरी : उदयपुर, मोरङ, सुनसरी र झापाको विभिन्न स्थानहरूबाट प्रतिबन्धित लागूऔषधसहित सात जनालाई पक्राउ गरिएको छ ।
उदयपुरको इलाका प्रहरी कार्यालय बेल्टारले चौदण्डिगढी नगरपालिका ७ का पर्शुराम तिमल्सिना र चौदण्डिगढी ६ का विवेक राईलाई लागूऔषध ३३ एम्पुलसहित पक्राउ गरिएको हो ।
यसैगरी बेलका नगरपालिका ९ का बलबहादुर बिकलाई १० किलोग्राम २३० ग्राम गाँजासहित पक्राउ गरेको छ ।
यसैगरी बेलका ८ कोठु दोभानस्थित सप्तकोशी नदीमा २ वटा रबरको ट्युबमा ६ वटा बोरामा रेहेको १ सय ३४ किलोग्राम गाँजा बग्दै गरेको अवस्थामा बरामद गरिएको छ ।
उता, झापाको इलाका प्रहरी कार्यालय झिलझिलेले शिवसताक्षी नगरपालिका १० का झलकनाथ अर्यालको साथबाट विभिन्न प्रकारका प्रतिबन्धित औषधी १ सय १९ ट्याब्लेटसहित नियन्त्रणमा लिएको हो ।
सुनसरीको प्रहरी चौकी भरौलले बराहक्षेत्र नगरपालिका ८ का ईन्द्रबहादुर परियारलाई ट्रामाडोल २५ क्याप्सुल र नियन्त्रित लागूऔषध ४५ ट्याब्लेटसहित पक्राउ गरिएको छ ।
यस्तै, लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरले मोरङको सुन्दरहरैँचा ४ का रोमन राई र केराबारी १० का पूर्ण तामाङलाई १२ ग्राम ८१ मिलिग्राम लागूऔषध ब्राउनसुगरसहित विराटनगर १६ स्थितबाट नियन्त्रणमा लिएको छ ।
सबै घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।



















Discussion about this post