Tuesday, May 26, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

जेनजी आन्दोलन : इटहरीमा तोडफोड गर्ने पाँच जना पक्राउ, २० जना शंकास्पद सूचीमा

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर १०, २०८२
in समाचार
0
माओवादी कोशीद्वारा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग
391
SHARES
Share on FacebookShare on Twitter

इटहरी : जेन–जी पुस्ताको आन्दोलनपछि पूर्वमा सबैभन्दा धेरै क्षति व्यहोरेको इटहरीमा प्रहरीले प्रविधिमुखी मोडेलमार्फत अपराधमा संलग्नको पहिचानलाई तीव्र बनाएको छ।

तोडफोड र आगजनीमा संलग्न समूह पहिचान गर्न प्रहरीले सीसीटीभी फुटेज विश्लेषण, डिजिटल लोकेशन ट्रेस तथा ‘सोसल–मिडिया एक्टिभिटी म्यापिङ’ जस्ता आधुनिक विधि प्रयोग गर्न थालेको छ।

इलाका प्रहरी कार्यालय इटहरीका अनुसार आन्दोलनका क्रममा सरकारी तथा निजी संरचनामा व्यापक क्षति पुगेपछि ‘डेटा–ड्रिभन’ अनुसन्धानमा जोड दिइएको हो। बुधबार मात्र पाँच जनालाई पक्राउ गरी अदालतमा प्रस्तुत गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा इटहरी–३ का ३२ वर्षे विजय लिम्बू, वडा–६ का ४५ वर्षे मदन खत्री, वडा–५ का ४५ वर्षे दिपेन्द्र कार्की, वडा–९ का ३० वर्षे आबस कार्की र वडा–४ का ३२ वर्षे सनम कार्की रहेका छन्। उनीहरूलाई आपराधिक उपद्रो मुद्दामा थुनामा राखिएको छ।

२० जना शंकास्पद सूचीमा

इटहरीमा प्रहरी र सुरक्षा निकायहरूमा भएको क्षतिपछि प्रहरीले कम्तीमा २० जनालाई शंकास्पद सूचीमा राखी उनीहरूको संलग्नता भिडियो र मोबाइल लोकेशनमार्फत जाँच गरिरहेको छ।

क्षति भएका संरचनामा इटहरी इलाका प्रहरी कार्यालय, नेपाल प्रहरी राजमार्ग सुरक्षा कार्यालय, पकलीस्थित प्रहरी चौकी, खनार तथा हलगडाका चौकी, साथै अस्थायी प्रहरी कार्यालयहरू छन्। सबै स्थानमा आगजनी तथा तोडफोडको प्रकृति ‘सङ्गठित’ देखिएको प्रहरीको दाबी छ।

यसैगरी विभिन्न राजनीतिक दलका कार्यालय, इटहरीस्थित राजस्व अनुसन्धान कार्यालय, आन्तरिक राजस्व कार्यालय, यातायात सेवा कार्यालयदेखि मन्त्री तथा मेयरको घरमा भएको आक्रमण पनि एउटै नेटवर्कले सञ्चालन गरेको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ।

खासगरी भदौ २३ गते आन्दोलनका क्रममा इटहरी–१४ का ४० वर्षे मोहन सरदार र इटहरीका १६ वर्षे अभिषेक श्रेष्ठको मृत्यु भएपछि आन्दोलनले उग्ररुप लिएको थियो ।

प्रहरीका अनुसार तोडफोडमा संलग्न धेरैजसो मानिस स्थानीय नभई बाहिरबाट घुसपैठ गरेर अवसरवादी रूपमा सक्रिय भएका समूह हुनसक्ने संकेत अनुसन्धानबाट भेटिएको छ।

डिजिटल डेटा विश्लेषणपछि थप ठूलो संख्यामा गिरफ्तारी हुने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ।

Tags: #इटहरी#पक्राउजेन–जी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
समाचार

उदयपुरमा गुडिरहेको स्कुल बसबाट खस्दा सह–चालकको मृत्यु

by टाकुरा न्यूज । इटहरी
जेष्ठ ११, २०८३
0

उदयपुर : उदयपुरको कटारी नगरपालिकामा गुडिरहेको स्कुल बसबाट खस्दा एक सह–चालकको मृत्यु भएको छ। जिल्लाको कटारी नगरपालिका–२ गिद्वबरस्थित भित्री सडकखण्डमा सौगात...

कोशी टप्पु वन्यजन्तु आरक्षबाट ४० लाख राजस्व संकलन
विविध

चालू आर्थिक वर्षमा ११ हजार पर्यटक पुगे कोशी टप्पु

by रासस
जेष्ठ ११, २०८३
0

सुनसरी : आर्थिक वर्ष २०८१/८२ मा ११ हजार ६०३ पर्यटकले कोशी टप्पु आरक्ष भ्रमण गरेको कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यलयले...

इटहरी काण्डबारे कांग्रेसले निकाल्यो यस्तो विज्ञप्ती (विज्ञप्तीसहित)

कांग्रेस मोरङद्धारा सदस्यता अध्यावधिक समिति गठन

जेष्ठ १०, २०८३
‘यूकेबाट ल्याएको सुन’ भन्दै वृद्धवृद्धा निशानामा, पूर्वी नेपालमा ठगीको गिरोह सक्रिय 

‘यूकेबाट ल्याएको सुन’ भन्दै वृद्धवृद्धा निशानामा, पूर्वी नेपालमा ठगीको गिरोह सक्रिय 

जेष्ठ १०, २०८३
पाँचथरमा बाढी र पहिरोले चार परिवार विस्थापित, जलविद्युत् आयोजनामा पनि क्षति

पाँचथरमा बाढी र पहिरोले चार परिवार विस्थापित, जलविद्युत् आयोजनामा पनि क्षति

जेष्ठ १०, २०८३
मोरङको कटहरीमा सर्‍यो कोशी प्रदेशसभा सचिवालय

कोशी प्रदेशसभामा नीति तथा कार्यक्रममाथि छलफल सुरु

जेष्ठ १०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

उदयपुरमा गुडिरहेको स्कुल बसबाट खस्दा सह–चालकको मृत्यु

जेष्ठ ११, २०८३
कोशी टप्पु वन्यजन्तु आरक्षबाट ४० लाख राजस्व संकलन

चालू आर्थिक वर्षमा ११ हजार पर्यटक पुगे कोशी टप्पु

जेष्ठ ११, २०८३
इटहरी काण्डबारे कांग्रेसले निकाल्यो यस्तो विज्ञप्ती (विज्ञप्तीसहित)

कांग्रेस मोरङद्धारा सदस्यता अध्यावधिक समिति गठन

जेष्ठ १०, २०८३
‘यूकेबाट ल्याएको सुन’ भन्दै वृद्धवृद्धा निशानामा, पूर्वी नेपालमा ठगीको गिरोह सक्रिय 

‘यूकेबाट ल्याएको सुन’ भन्दै वृद्धवृद्धा निशानामा, पूर्वी नेपालमा ठगीको गिरोह सक्रिय 

जेष्ठ १०, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1494 shares
    Share 598 Tweet 374
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1424 shares
    Share 570 Tweet 356
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    887 shares
    Share 355 Tweet 222
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    625 shares
    Share 250 Tweet 156
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    608 shares
    Share 243 Tweet 152

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.