इटहरी : लागूऔषध नियन्त्रण अभियानअन्तर्गत सुनसरीका दुई स्थानबाट प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले इटहरी उप–महानगरपालिका वडा नं. ५ बस्ने २८ वर्षीय सन्तोष दमाईलाई शङ्का लागि चेकजाँच गर्दा उनको साथबाट ब्राउनसुगर ७०० (सात सय मिलिग्राम) फेला पारेको हो।
लागूऔषधसहित दमाईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय इटहरीमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
त्यसैगरी, इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्र नगरपालिका वडा नं. ७ सोमबारेस्थित चेकजाँचको क्रममा सोही स्थानका २१ वर्षीय प्रदीप थापालाई नियन्त्रणमा लिएको छ।
थापाको साथबाट लागूऔषध ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल २० पत्तामा १९७ क्याप्सुल र स्पासपेन २० पत्तामा १९७ ट्याब्लेट फेला परेको प्रहरीले जनाएको छ।
उनलाई लागूऔषधसहित इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा ल्याई थप अनुसन्धान भइरहेको छ।
प्रहरीले लागूऔषध ओसारपसार तथा प्रयोग नियन्त्रणका लागि नियमित चेकजाँच र निगरानीलाई तीव्र बनाइएको जनाएको छ।













Discussion about this post