धरान : धरान उपमहानगरपालिका–१४ स्कुल टोलमा लागूऔषध कारोवार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको छ।
अस्थायी प्रहरी पोष्ट विजयपुरबाट खटिएको प्रहरी टोलीले धरान–१४ स्कुल टोलमा बस्ने २१ वर्षीय सन्देश तामाङको घरमा चेकजाँच तथा खानतलासी गरेको थियो।
सो क्रममा ट्रामाडोल ११० ट्याब्लेट र स्पास्पेन ११२ क्याप्सुल फेला परेको प्रहरीले जनाएको छ।
लागूऔषधसहित तामाङ र कारोबारमा संलग्न रहेको आरोपमा सोही स्थानका २४ वर्षीय निशान भुजेललाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा ल्याइएको छ।
पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।













Discussion about this post