विराटनगर : झापा, मोरङ, सुनसरी, उदयपुर र इलामका विभिन्न स्थानहरूबाट लागूऔषध ब्राउनसुगर र प्रतिबन्धित औषधीसहित १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चेकजाँचको क्रममा झापाको भद्रपुर नगरपालिका १ का २५ वर्षीय निरोज लिम्बू र भद्रपुर नगरपालिका २ का २६ वर्षीय सागर प्रधानलाई ४१ ग्राम ५८० मिलिग्राम ब्राउनसुगरसहित र मकवानपुर हेटौडा १५ का जीवन खरेललाई १ ग्राम २८० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको छ ।
यसैगरी मोरङको पथरीशनिश्चरे नगरपालिका ४ का ज्ञानदीप राई, पथरीशनिश्चरे ७ का प्रज्वल राई र पथरीशनिश्चरे ६ का मिथुन मण्डललाई १ ग्राम ब्राउनसुगरसहित र उदरपुरको त्रियुगा नगरपालिका १० का जहान सिंह खत्रीलाई प्रतिबन्धित औषधी ४५० एम्पुलसहित र इटहरी ५ का राहुल राय, इटहरी ४ का सुशाङ्ग श्रेष्ठ, विवेक घतानीलाई प्रतिबन्धित औषधी ९ ट्याब्लेटसहित पक्राउ गरिएको छ ।
लागूऔषध सहित पक्राउ परेका उनीहरूको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post