प्रदेश १ मा आज नया ४६ संक्रमित थपिएका छन् । संक्रमितहुनेहरू मध्ये मोरङका ४१ जना, खोटाङ, उदयपुर र झापाका १–१ जना र प्रदेश १ भन्दा बाहिरका २ जनामा सङ्क्रमण पोजेटिभ देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मोरङको विराटनगरमा १८ महिला र २० पुरूष गरी आज ३८ जनामा संक्रमण देखिएको छ । धनपालथानमा २ पुरुष, कटहरीमा १ पुरुष, खोटाङको साकेला गाउँपालिकामा १ पुरुष, उदयपुरको स्थानीय तह नखुलेका १ पुरुष, झापाको शिवसताक्षीमा १ महिला र प्रदेश १ बाहिरका १ महिला र १ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमित हुनेको कुल संख्या ४ हजार ७४२ पुगेको छ । प्रदेश १ मा आज ७ जना डिस्चार्ज भएका छन् । उनीहरु सवै मेची अस्पताल झापाबाट डिस्चार्ज भएका हुन । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ६३ पुगेको छ ।














Discussion about this post