रामधुनी : सुनसरीको रामधुनी नगरपालिका–१ मा मोटरसाइकल दुर्घटनापछि ठूलो परिमाणको लागूऔषध गाँजा बरामद भएको छ।
प्र. १–०४–००२ प २२४८ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको भन्ने सूचनापछि प्रस्तावित इलाका प्रहरी कार्यालय रामधुनीबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेको थियो।
दुर्घटनामा मोटरसाइकल चालक कोशी गाउँपालिका–६ बस्ने १९ वर्षीय उदय मुखिया र पछाडि सवार सोही स्थानका १९ वर्षीय गणेश कुमार मुखियालाई सामान्य चोटपटक लागेको थियो। घाइते दुवैजनालाई उपचारका लागि रामधुनी मेडिकल हल, झुम्का पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीले मोटरसाइकलमा रहेका दुई वटा झोला जाँच गर्दा झोलाभित्र प्याक गरिएको अवस्थामा लागूऔषध गाँजा १७ केजी ९०६ ग्राम फेला परेको हो।
बरामद लागूऔषधसहित मोटरसाइकल नियन्त्रणमा लिइएको छ। उपचार पश्चात् दुवै युवकलाई इलाका प्रहरी कार्यालय पकलीमा ल्याई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।













Discussion about this post