विराटनगर : मोरङ र सुनसरीबाट लागूऔषध गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सुनसरीको इनरुवा नगरपालिका ६ स्थितमा चेकजाँचको क्रममा अस्थायी प्रहरी पोष्ट सखुवागाछीले को २ ह ६१२५ नम्बरको अटोबाट ९९ किलो १ ग्राम गाँजा बरामद गरेसँगै चालक धनकुटा चौबिसे गाउँपालिका ७ का साजन लिम्बू र अटोमा सवार गगन लिम्बूलाई नियन्त्रणमा लिएको छ ।
यसैगरी मोरङको अस्थायी प्रहरी चौकी कुशलबजारले पथरीशनिश्चरे ८ का जीवन नुनियालाई ७०० ग्राम गाँजासहित नियन्त्रणमा लिइको छ ।
गाँजासहित पक्राउ परेका उनीहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post