इटहरी : सुनसरीको बराहक्षेत्र नगरपालिका–५ खुनगाउँमा ट्याक्टरमा आगलागी हुँदा एक महिलाको ज्यान गएको छ,। ।
आफ्नै घर निर्माणका लागि माटो बोकेर ल्याइँदै गरेको ट्याक्टर बिहीबार दिउँसो करिब ३ः४० बजेतिर अचानक आगलागीमा परेको थियो । नम्बर प्लेट स्पष्ट नभएको उक्त ट्याक्टरको इन्जिनबाट आगो निस्किएपछि चालक रामेश्वर मुसहरले सवारी रोकेर आगो निभाउने प्रयास गरेका थिए ।
तर, आपतकालीन अवस्थाका लागि आवश्यक सुरक्षा उपाय नहुँदा ट्याक्टर पुनः अनियन्त्रित रूपमा गुड्न थालेको र सोही क्रममा ट्रलीमा बसिरहेकी ५५ वर्षीया फुलियादेवी सदा त्रसित हुँदै हामफालेकी थिइन् ।
हामफाल्दा गम्भीर चोट लागेकी उनलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिए पनि उपचारकै क्रममा मृत्यु भएको चिकित्सकले जनाएका छन् ।
स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा आए पनि ट्रलीमा यात्रु राखेर सामान ढुवानी गर्ने चलन र सवारीको नियमित प्राविधिक जाँच नहुँदा यस्तो दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
प्रहरीले घटनाको कारण पत्ता लगाउन ट्याक्टर चालकलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको जनाएको छ ।














Discussion about this post