Thursday, September 3, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

एमालेबाट कारबाहीमा परेका द्वारिकलाल चौधरी सुनसरी-२ का निर्वाचन कमाण्डर !

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ १६, २०८२
in टाकुरा विशेष, समाचार
0
‘इटहरी उपमहानगरमा चरम आर्थिक अनियमितता र चुहावटको गन्ध प्रष्ट’ : पूर्व नगर प्रमुख चौधरी
92
SHARES
Share on FacebookShare on Twitter

इटहरी : नेकपा (एमाले)ले पार्टी अनुशासन उल्लंघनको आरोपमा ६ महिनाका लागि निलम्बनमा परेका इटहरी उपमहानगरपालिकाका पूर्वमेयर द्वारिकलाल चौधरीलाई सुनसरी निर्वाचन क्षेत्र नं. २ को निर्वाचन कमाण्डरको जिम्मेवारी दिएको छ।

निलम्बन फुकुवा गर्दै चुनावी मैदानमा सक्रिय भूमिकामा खटाइएको हो।

एमालेले सुनसरी–२ बाट सुजन लामालाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ।

चौधरीलाई चुनावी कमाण्डरको जिम्मेवारी दिएसँगै क्षेत्रको चुनावी समीकरण एमालेको पक्षमा भारी पर्न सक्ने आकलन राजनीतिक वृत्तमा हुन थालेको छ।

चौधरीको प्रभावशाली संगठन क्षमता र समुदायमा रहेको पकडलाई मध्यनजर गर्दै पार्टीले उनलाई केन्द्रीय भूमिकामा ल्याएको स्रोतको भनाइ छ।

एमाले कोशी प्रदेश कमिटीले यसअघि अनुशासन उल्लंघनको आरोपमा चौधरीलाई ६ महिनाका लागि पार्टी सदस्यताबाट निलम्बन गर्दै जिम्मेवारीबाट मुक्त गरेको थियो।

तर, निर्वाचन नजिकिँदै जाँदा पार्टीले उनको निलम्बन फुकुवा गर्दै सुनसरी-२ मा पार्टी उम्मेदवारलाई जिताउने स्पष्ट जिम्मेवारी दिएको हो।

चौधरी इटहरीका पूर्वमेयर एवम् एमाले सुनसरीका पूर्व अध्यक्षसमेत हुन्। यसअघि कारबाहीको समयमा उनले पार्टीभित्रको गुटबन्धन र दुराग्रहका कारण आफूलाई योजनाबद्ध रूपमा कारबाही गरिएको दाबी गरेका थिए।

उनले केपी शर्मा ओलीको कार्यशैलीको आलोचना गर्दै आएको कारण आफू निशानामा परेको बताएका थिए।

विवादित कार्यकाल र राजनीतिक उतारचढाव

२०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट इटहरी उपमहानगरपालिकाको मेयर निर्वाचित चौधरीको कार्यकाल विवादले भरिएको थियो।

पत्रकारलाई दुर्व्यवहार, सेवाग्राहीलाई कार्यालयमै थुन्ने, सामाजिक सञ्जालमा आपत्तिजनक टिप्पणी गर्ने लगायतका आरोप उनीमाथि लाग्दै आएका थिए।

२०७९ को निर्वाचनमा एमालेबाट टिकट नपाएपछि असन्तुष्ट बनेका चौधरी माओवादी केन्द्र प्रवेश गरी सुनसरी-२ (क)बाट प्रदेशसभा उम्मेदवार बनेका थिए। कांग्रेससहितको गठबन्धनको समर्थन हुँदाहुँदै पनि उनी एमाले उम्मेदवार रेवतीरमण भण्डारीसँग पराजित भए।

पराजयपछि केही समय राजनीतिक रूपमा निष्क्रिय देखिएका चौधरी करिब नौ महिनापछि पुनः एमालेमै फर्किएका थिए। ०८० असोजमा अध्यक्ष ओलीलाई भेटेपछि उनी औपचारिक रूपमा एमालेमा पुनः सक्रिय बनेका थिए।

त्यसपछि ०८१ भदौमा उनलाई एमाले कोशी प्रदेश कमिटी सदस्यमा मनोनीत गरिएको थियो।

चुनावी प्रभाव कति ?

द्वारिकलाल चौधरीलाई निर्वाचन कमाण्डर बनाउनु एमालेको जोखिम र अवसर दुवै भएको विश्लेषण भइरहेको छ।

समर्थकहरूले उनलाई ‘निर्णायक खेलाडी’ मानिरहेका छन् भने विपक्षी दलहरू भने उनको विगत र विवादित छविलाई मुद्दा बनाउन सक्ने संकेत देखिन्छ।

तर, स्थानीय संगठन र समुदायमा उनको पकडलाई हेर्दा सुनसरी-२ को चुनावमा उनको भूमिका निर्णायक हुन सक्ने आँकलन गरिएको छ।

Tags: टाकुरा विशेषद्धारिकलाल चौधरीद्वारिकलाल चौधरीनेकपा एमाले
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक
FEATURE BREAKING

कोशी प्रदेशसभामा वार्षिक प्रतिवेदन पेस

by टाकुरा न्यूज । इटहरी
भदौ १८, २०८३
0

विराटनगर : कोशी प्रदेशसभाको बिहीबारको बैठकमा ‘मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन’ सभामा पेस भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार...

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ
समाचार

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ १८, २०८३
0

इटहरी : जेनजी आन्दोलनका क्रममा झुम्का कारागार, सुनसरीबाट फरार भएका एक बन्दीलाई प्रहरीले पक्राउ गरेको छ । आपराधिक प्रवेश तथा...

ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

भदौ १८, २०८३
बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

काँकडभिट्टा नाकामा सशस्त्र प्रहरीको ‘गोप्रो’ निगरानी

भदौ १८, २०८३

इटहरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

भदौ १७, २०८३
मादपण्डविपरीत सञ्चालनमा रहेका धनकुटाका फार्मेसीमाथि कारबाही

मादपण्डविपरीत सञ्चालनमा रहेका धनकुटाका फार्मेसीमाथि कारबाही

भदौ १७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक

कोशी प्रदेशसभामा वार्षिक प्रतिवेदन पेस

भदौ १८, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

भदौ १८, २०८३
ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

भदौ १८, २०८३
बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

काँकडभिट्टा नाकामा सशस्त्र प्रहरीको ‘गोप्रो’ निगरानी

भदौ १८, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    448 shares
    Share 179 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    308 shares
    Share 123 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    292 shares
    Share 117 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    282 shares
    Share 113 Tweet 71
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.