Wednesday, September 2, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

मादपण्डविपरीत सञ्चालनमा रहेका धनकुटाका फार्मेसीमाथि कारबाही

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ १७, २०८३
in समाचार
0
मादपण्डविपरीत सञ्चालनमा रहेका धनकुटाका फार्मेसीमाथि कारबाही
51
SHARES
Share on FacebookShare on Twitter
धनकुटा । धनकुटामा औषधी पसल सञ्चालनको नाममा मापदण्डको बेवास्ता गर्ने प्रवृत्ति देखिएको छ । औषधी व्यवस्था विभागको नेतृत्वमा गरिएको अनुगमनका क्रममा पाख्रीबास र हिलेका पाँच वटा फार्मेसीले औषधी बिक्री–वितरणसम्बन्धी न्यूनतम मापदण्डसमेत पालना नगरेको पाइएको हो ।
अनुगमनका क्रममा पाख्रीबास नगरपालिका–४ बजारमा सञ्चालित पाख्रीबास पाथीभरा औषधी पसलमा औषधी बिक्री गर्न अधिकारप्राप्त व्यवसायी नै अनुपस्थित रहेको अवस्थामा फार्मेसी सञ्चालन भइरहेको भेटिएको थियो । त्यहाँ दर्ता नभएका औषधी तथा फ्रिजमा राख्नुपर्ने औषधीसमेत तोकिएको तापक्रममा नराखिएको पाइएपछि फार्मेसी तत्काल सिलबन्दी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रशासकीय अधिकृत पुष्पलाल धमलाका अनुसार औषधीको भण्डारणदेखि बिक्री वितरणसम्मका आधारभूत मापदण्ड उल्लङ्घन गरेको पाइएपछि पसल बन्द गरिएको हो । अनुगमन टोलीले हिलेमा सञ्चालनमा रहेका अन्य फार्मेसीमा पनि कमजोरी फेला पारेको छ । प्रकाशबाबु शाहले सञ्चालन गरेको हिले फार्मेसीमा औषधी बिक्री–वितरणको अभिलेख नराखिएको र म्याद सकिएका औषधी छुट्टै राख्ने व्यवस्था नभएको भेटिएपछि सञ्चालकलाई विभागमा उपस्थित हुन निर्देशन दिँदै दर्ता प्रमाणपत्र जफत गरिएको छ ।
यसैगरी अमित थापाको बुद्ध फार्मेसी, भगवती पाण्डेको भगवती बक्रकुण्ड फार्मेसी तथा ललित घिमिरे र पीताम्बर दासले सञ्चालन गरेको उज्यालो मेडिकल हलमा पनि आवश्यक मापदण्ड पूरा नगरेको पाइएपछि तीनै फार्मेसीका दर्ता प्रमाणपत्र जफत गरिएको छ ।
औषधी व्यवस्था विभाग शाखा कार्यालय विराटनगरको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय धनकुटा, जिल्ला स्वास्थ्य कार्यालय, हिले प्रहरी चौकी र इलाका प्रहरी कार्यालय पाख्रीबाससहितको टोलीले बुधबार हिले र पाख्रीबास क्षेत्रमा सञ्चालित औषधी पसलको अनुगमन गरेको थियो । अनुगमनका क्रममा दिव्या फार्मेसी हिले, हाङ्खिम फार्मेसी पाख्रीबास र जनसेवा मेडिकल हिले भने सामान्य अवस्थामा सञ्चालनमा रहेको जिल्ला प्रशासन कार्यालय धनकुटाले जनाएको छ ।
औषधी पसलमा अधिकारप्राप्त व्यवसायीको उपस्थिति, औषधीको दर्ता, भण्डारणको उचित तापक्रम, बिक्रीको अभिलेख र म्याद गुज्रिएका औषधी व्यवस्थापनजस्ता विषयमा समेत लापरबाही देखिएपछि नियमित अनुगमनको आवश्यकता थपिएको छ ।
Tags: #धनकुटाफार्मेसी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

समाचार

इटहरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ १७, २०८३
0

इटहरी : इटहरी उपमहानगरपालिका–४ संगीत चोकबाट प्रहरीले १९ ग्रामभन्दा बढी ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको...

मोरङका सरकारी कार्यालयमा बिचौलियाविरुद्ध प्रशासनको ‘एक्सन’, ३० जना पक्राउ
पर्यावरण

मोरङमा बाढीपीडितका लागि ९८ लाखभन्दा बढी आर्थिक सहयोग सङ्कलन

by टाकुरा न्यूज । इटहरी
भदौ १७, २०८३
0

विराटनगर । मोरङ जिल्ला प्रशासन कार्यालयले नेपाल-चीन बाढी प्रभावितहरूको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त आर्थिक...

कोशी ब्यारेज पुल

कोशी ब्यारेजमा पानीको बहाव खतराको तहमा, २७ वटा ढोका खोलिए

भदौ १७, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

५० हजार रुपैयाँ घुससहित विद्युत प्राधिकरण इटहरीका कर्मचारी पक्राउ

भदौ १७, २०८३
इटहरीकी एक महिलाले दुई छोरी र एक छोरासहित सप्तकोसीमा हाम्फाल्न लाग्दा प्रहरीद्वारा उद्वार

मोटरसाइकलमा गाँजा तस्करी, सुनसरीमा दुई जना पक्राउ

भदौ १७, २०८३
भोजपुरमा वन पैदावारबाट ९ करोड ६९ लाख राजस्व

भोजपुरमा वन पैदावारबाट ९ करोड ६९ लाख राजस्व

भदौ १७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

भदौ १७, २०८३
मादपण्डविपरीत सञ्चालनमा रहेका धनकुटाका फार्मेसीमाथि कारबाही

मादपण्डविपरीत सञ्चालनमा रहेका धनकुटाका फार्मेसीमाथि कारबाही

भदौ १७, २०८३
मोरङका सरकारी कार्यालयमा बिचौलियाविरुद्ध प्रशासनको ‘एक्सन’, ३० जना पक्राउ

मोरङमा बाढीपीडितका लागि ९८ लाखभन्दा बढी आर्थिक सहयोग सङ्कलन

भदौ १७, २०८३
कोशी ब्यारेज पुल

कोशी ब्यारेजमा पानीको बहाव खतराको तहमा, २७ वटा ढोका खोलिए

भदौ १७, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    448 shares
    Share 179 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    307 shares
    Share 123 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    292 shares
    Share 117 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    281 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.