झापा : झापाको अर्जुनधारामा ट्याक्टर दुर्घटनामा परी एक जना किशोरको मृत्यु भएको छ ।
अर्जुनधारा नगरपालिका–७, बिरिङ खोलामा ट्याक्टर दुर्घटनामा परेर सोही स्थानका १६ वर्षीय सरोज श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
बालुवा बोकेको प्र १-०१-००१ त ९०१० नम्बरको ट्याक्टरको ढालामा उनी बसेका थिए ।
घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि शनिश्चरेस्थित शंखर अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् ।
ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरेको छ ।














Discussion about this post