धरान : लक्ष्मी सनराइज बैंक लिमिटेडले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानलाई ३० थान पेसेंट ट्रान्सफर ट्रली (म्याट्रेस र आईभी स्ट्यान्ड सहित) सहयोग प्रदान गरेको छ।
बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उपलब्ध गराएको उक्त सामग्री प्रतिष्ठानको आकस्मिक सेवामा प्रयोग गरिने जनाइएको छ। ट्रलीहरू बैंकको प्रधान कार्यालय काठमाडौँ तथा शाखा कार्यालय धरानको सहकार्यमा उपलब्ध गराइएको हो।
प्रतिष्ठान परिसरमा आयोजित कार्यक्रममा सामग्री हस्तान्तरण गरिएको थियो। कार्यक्रममा प्रतिष्ठानका उपकुलपति प्रा.डा. विक्रमप्रसाद श्रेष्ठ, रजिस्ट्रार प्रा.डा. सूर्यप्रसाद सङ्ग्रौला, महाशाखा प्रमुख, चिकित्सक तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।
बैंकका तर्फबाट केन्द्रीय कार्यालयका प्रतिनिधि, कोशी प्रदेश प्रमुख बारबरिक तथा धरान शाखा प्रमुख सन्जोग राज भण्डारी लगायत सहभागी थिए।
प्रतिष्ठानले बैंकको सहयोगले आकस्मिक सेवामा बिरामीको सुरक्षित तथा सहज आवागमनमा सहयोग पुग्ने र सेवा प्रवाहको गुणस्तर सुधारमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।













Discussion about this post